4 years ago
October 22, 2021
काठमाडौं (हाम्रो खेलकुद)– इटालीबाट तेह्र वर्षपछि जन्मभूमी फर्केका विकास मेराग्लियाले यसै महिना सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने पक्का भएको छ । कात्तिक २९ गतेबाट सुरु हुने लिगमा उनी च्यासल युथ क्लबको जर्सीमा देखिनेछन् । विकास शुक्रबार औपचारिक रुपमा च्यासलमा आबद्ध भएका छन् ।

नेपाली मूलका इटालियन खेलाडी विकासलाई च्यासलले विदेशी खेलाडीको कोटामा अनुबन्धन गरेको जनाएको छ । खेलाडी सर्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रमेश व्यनजनकार र विकासले सम्झौता पत्रमा हस्ताक्षण गरेका छन् । सम्झौता १ वर्षको हुनेछ ।
इटालीमा व्यावसायिक फुटबल खेलिरहेका विकासले इटालीको यू १६ राष्ट्रिय टोलीबाट समेत खेलिसकेको बताइएको छ । ए डिभिजन लिग खेल्नै लागि उनी यसै साता जन्मभूमी फर्केका थिए । उनी सन् २००८ मा ६ वर्षको उमेरमा इटाली गएयता पहिलो पटक स्वदेश फर्केका हुन् ।
विकासले इटालीको चर्चित क्लबमध्येको एक एटलान्टा र भेनेजियाकोको जुनियर टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट पनि खेलिसकेको जनाएको छ । च्यासलका अध्यक्ष व्यनजनकारले विकासलाई आफ्नो क्लबबाट लिग खेलाउन पाउँदा खुसी लागेको बताएका छन् । च्यासल तेस्रो पटक ए डिभिजन लिग खेल्ने तयारीमा छ ।

विकासले आफू नेपाल फर्कंदा सपना पूरा भएको अभिव्यक्ति दिए । ‘मैले नेपाल फर्केपछि सपना पूरा भएजस्तो लागेको छ । १३ वर्षअघि इटाली गएपछि म सधैं नेपाल कसरी फर्कने भन्ने सोच्थें । च्यासलले मलाई यहाँ ल्याएको छ । नेपाल फर्कंदा एकदम खुसी छु,’ विकासले भने ।
विकासले नेपालको राष्ट्रिय टोलीबाट खेल्नेबारे भने अहिले केहि सोचेका छैनन् । ‘मैले त्यसबारे केहि सोचेको छैन । अहिले क्लबमा आबद्ध छु र यसमा ध्यान दिएको छु । भविष्यमा त्यस्तो अवसर आउँछ भने पक्कै सोच्नेछु,’ उनले भने ।
विकासले आफू नेपाली फुटबलबारे पछिल्लो समय पछ्याएको र राम्रो स्तर रहेको बताए । उनले टोलीसँग प्रशिक्षण गर्दा नेपाली खेलाडी खेल मात्र नभएर निकै सहयोगी भावनाको रहेको बताए ।

च्यासलका अध्यक्ष ब्यन्जनकारले विकासलाई ल्याउने लामो समयको प्रयास सफल भएको बताए । ‘हामीले विकासलाई लामो समयदेखि पछ्याएका थियौं । कोरोना र उनको उमेर नपुग्दा यसअघि समस्या थियो । अन्तत्: उनलाई अनुबन्ध गर्न सफल भएका छौं । क्लबले यस सिजन कुल २ करोडको बजेट अनुमान गरेको छ,’ उनले भने ।
च्यासलले यसअघि टोलीको प्रशिक्षकमा बालगोपाल साहुखल र टेक्निकल डिरेक्टरमा ले मान्सनलाई अनुबन्ध गरिसकेको छ । क्लबले यो सिजन युक्यानको किट प्रयोग गर्दैछ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]