4 years ago
October 26, 2021
प्रकाश तिमल्सिना, काठमाडौं
समकालिन फरवार्डमा आशा गरिएका विमल घर्तिमगर झण्डै एक वर्षयता गुमनाम जस्तै छन् । बेला बेला सञ्चारमाध्यममा आएपनि खेलका कारण नभई चोटका उनको चर्चा हुने गरेको थियो ।

गत वर्ष पुसमा राष्ट्रिय टोलीको प्रशिक्षणका दौरान दायाँ घुँडामा गम्भिर चोट लागेपछि उनी लामो समय देश बाहिर रहे । शल्यक्रिया र रिह्याबमा ९ महिना बिताएर उनी असोजको १० गते मात्र स्वदेश फर्केका थिए । गत वर्ष फागुन २५ गते कतारको अस्पेटार अस्पतालमा उनको शल्यक्रिया भएको थियो । उनको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको थियो ।
उमेर समूह हुँदै राष्ट्रिय टोलीमा पनि प्रभाव जमाइसकेका विमलबाट समर्थकले जति आशा गरेका थिए त्यति भने देख्न पाएका छैनन् । स्वयम् विमल पनि त्यसलाई स्वीकार्छन् । चोट र अन्य कारणले उनी राष्ट्रिय टोलीमा नियमित रुपमा रहन सकेनन् । त्यसमा उनका आफ्नै केहि कमजोरी पनि रहेका छन् । उनले नियमित खेल्न सकेको भए सायद राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमानलाई भंग गरिसक्ने थिए । विमल हरि र निराजनको भन्दा अझै ५ गोलले पछाडि छन् ।
व्यक्तिगत जीवन र खेल जीवनमा पनि उनले निकै उतारचढाव बेहोरेका छन् । युरोपमा प्रशिक्षणकै दौरानमा बहिनीको मृत्युले उनको खेलमा असर गर्यो । त्यसबाहेक व्यक्तिगत आनीबानीले पनि उनको खेल जीवन छायाँमा पर्यो । अनुशासन तोडेका कारण ९० दिन निलम्बनमा पनि परेको पनि उनको इतिहास छ ।

एन्फा एकेडेमीका उत्पादन रहेका विमलले राष्ट्रिय टोलीबाट खेल्न थालेकी दशक हुन लागि सक्यो । सन् २०१२ मा बंगलादेशविरुद्ध दशरथ रंगशालामा मैत्रीपूर्ण खेलमार्फत डेब्यू गर्दा उनको उमेर १३ वर्षको मात्र थियो । २०१३ मै दशरथ रंगशालामा साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गरेपछि भने उनी रातारात चर्चामा आएका थिए । २०१८ मा बंगलादेशमा भएको साफमा उनी फर्ममा थिए । तर, यसपटक माल्दिभ्समा नेपालले इतिहास रच्दै फाइनल पुग्दा भने उनी अन्य नेपाली जस्तै दर्शककमा सिमित रहे ।
छ वर्षअघि उनकै कप्तानीमा नेपालले साफ यू १९ को उपाधि जितेको थियो । नेपालले बंगबन्धु गोल्ड कप जित्दा त्यहि वर्ष सोलिडारिटी कप र १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा विमल टोलीको महत्वपूर्ण सदस्य थिए । दुई वर्षअघि स्वदेशमा १३ औं सागमा नेपालले स्वर्ण पदक रक्षा गर्दा विमलसहितका अन्य खेलाडी भने निलम्बनमा थिए ।
कतारमाबाट फर्केपछि उनले व्यक्तिगत र समूहगत प्रशिक्षणलाई निरन्तरता दिइरहेका छन् । चोटमुक्त भएर फर्कने क्रममा भने उनी निकै जिम्मेवार भएर फर्केको उनको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । व्यवसायिक फुटबलमा देशका चर्चित र सफल थ्री स्टार, मनाङ मस्र्याङ्दी क्लबबाट खेलिसकेका विमलले भारतको मोहुन बगान र माल्दिभ्सको टिसी स्पोर्ट्सबाट अनुभव बटुलिसकेका छन् । यद्दपी उनी क्लब फुटबलमा अझै सोचे जसरी जम्न सकेका छैनन् ।

तीन वर्षअघि च्यासल युथ क्लबबाट ए डिभिजन लिगमा डेब्यू गरेका उनले निलम्बन फुकुवा भएपछि २०७६ को फागुनमा मच्छिन्द्र क्लबबाट लिगको अन्तिम खेल खेलेका थिए । यसपटक कात्तिक २९ गते बाट सुरु हुने ए डिभिजन लिग पनि उनले मछिन्द्रबाटै खेल्ने पक्का भएको छ । उनकाले मछिन्द्रसँग आइतबार सम्झौता गरेका छन् । पूनरागमन पछि उनको खेल जीवन कसरी अघि बढ्छ उनका समर्थकका लागि भने त्यो पक्कै चासोको विषय रहनेनैछ ।
विमलले पूनरागमनका लागि आफू उत्साहित रहेको बताउँदै आएका छन् । ‘उत्साह जति छ आउने दिन मेरो लागि चुनौतीपूर्ण पनि छ’, विमलले भनका थिए, ‘म त्यसमा सचेत छु । फेरि एकपटक मैदानमा उच्च प्रदर्शनका लागि प्रतिबद्ध छु ।’ उनले गरेका प्रतवबद्धतालाई आत्मसात गर्दै उच्च प्रदर्शन गर्न सके भने राष्ट्रिय टोलीमा पनि पूनरागमनको सम्भावना पक्कै रहन्छ जसले उनको पुस्ताको छवीलाई थप उज्याल्यो पार्नेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]