4 years ago
October 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुदका स्वर्णधारी मिडफिल्डर हेमन्त थापा मगर रुस्लान थ्री स्टार क्लबमा आबद्ध भएका छन् । यसै महिनाको अन्त्यमा सुरु हुने सहिद स्मारक ए डिभिजन लिग अघि हेमन्तले थ्री स्टारसँग सम्झौता गरेका हुन् ।
थ्री स्टारले हेमन्तसँग दुई वर्षको सम्झौता भएको जनाएको छ । एन्फा एकेडेमीका उत्पादन समेत रहेका उनले नेपाली यू १३, १४, १६ र २३ बाट प्रतिनिधित्व गरिसकेका छन् । उनले यू-१४ र यू-१६ उमेर समुहमा कप्तानी समेत गरेका थिए । उनी सन् २०१९ को १३ औं सागमा स्वर्ण पदक जित्दा फुटबल टोलीका सदस्य थिए ।
कात्तिक २९ गतेबाट सुरु हुने लिगका लागि क्लबहरुले खेलाडी अनुबन्धनलाई तीब्रता दिएका छन् । लिगमा १४ टोलीको सहभागिता रहनेछ । आइतबार नै राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगर लिगको साविक विजेता क्लब मछिन्द्र क्लबसँग सम्झौता गरेका छन् ।
नयाँ सिजनका लागि थ्री स्टारले यसअघि कप्तान विक्रम लामा, उपकप्तान अनन्त तामाङ, सन्जोक राई, निशान खड्का, मनग्य नकर्मी, सुसान श्रेष्ठ, मिक्चेन तामाङ, निशान खड्का र गोलरक्षक प्रिसोको सम्झौता नविकरण गर्दा नयाँ खेलाडीको रुपमा डोना थापा, आयुष घलान, राफयल रिमगागो, गोलरक्षक रोशन गुरुङ र मिडफिल्डर लाकेन लिम्बुलाई अनुबन्ध गरिसकेको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]