3 years ago
October 24, 2021
एजेन्सी – सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई २–१ ले हराएको छ । क्याम्प नोउमा डिफेन्डर डेभिड अलाबा र लुकास भाज्क्वेजले गोल गरेपछि रियलले बार्सिलोनाकै मैदानमा जित निकालेको हो । जितसँगै २० अंकका साथ रियल ला लिगा अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । ९ खेलमा समान २० अंक जोडेका सेभिल्ला दोस्रो र रियल सोसिडाड […]
एजेन्सी – सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई २–१ ले हराएको छ । क्याम्प नोउमा डिफेन्डर डेभिड अलाबा र लुकास भाज्क्वेजले गोल गरेपछि रियलले बार्सिलोनाकै मैदानमा जित निकालेको हो ।
जितसँगै २० अंकका साथ रियल ला लिगा अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । ९ खेलमा समान २० अंक जोडेका सेभिल्ला दोस्रो र रियल सोसिडाड तेस्रो स्थानमा छ । काउन्टर एट्याकमा ३२ औं मिनेटमा रोड्रिगोले उपलब्ध गराएको पासलाई शक्तिशाली प्रहारमार्फत अलाबाले पेनाल्टी बक्स बाहिरबाट गोल गरेका थिए ।
भाज्क्वेजले ९ मिनेट इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै रियलको जित पक्का गरे । खेलको अन्तिम समयमा बार्सिलोनाका सर्जियो अगुएरोले गोल गरेपनि रियल जित दर्ता गर्न सफल रहयो ।
बार्सिलोनाले गोलको अवसर पाएको थियो । तर डेष्टले पेनाल्टी बक्समा प्राप्त मौकालाई गुमाएका थिए । रियलका भिनिसियसले पनि प्राप्त मौकामा गोल गर्न सकेनन् । १५ अंकका साथ बार्सिलोना आठौं स्थानमा झरेको छ ।
April 26, 2024
एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]
April 25, 2024
विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]
April 25, 2024
सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]