default_image

4 years ago

October 27, 2021

नुर्लान र सादिग मच्छिन्द्रमा अनुबन्धित

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र क्लबले नयाँ सिजनका लागि अजरबैजानका फरवार्ड नुर्लान नोभ्रुजोभ र डिफेन्डर सादिग गुलिएभलाई अनुबन्ध गरेको छ ।

केहि महिना अघि सम्पन्न नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटीका लागि खेलेका नुर्लानले नेपाली फुटबलमा पुनरागमन गर्ने भएका हुन् । उनीसँगै डिफेन्डर सादिग पनि टोलीमा अनुबन्धित भएका छन् । मच्छिन्द्रले तेस्रो विदेशी खेलाडीका रुपमा गत सिजन नै खेलेका मिडफिल्डर आन्द्रेस नियालाई अनुबन्ध गरेको छ ।

क्लबले अघिल्लो सातामात्र फरवार्ड विमल घर्तिमगरलाई अनुबन्ध गरेको थियो । विमलले मच्छिन्द्रसँग एक वर्षको लागि सम्झौता गरेका छन् । चोटका कारण झण्डै एक बर्ष देखि मैदान बाहिर रहेका विमल उपचारपछि चोटमुक्त हुँदै मच्छिन्द्रबाट लिग खेल्ने भएका हुन् । विमलको आगमनले टोलीको मनोवल उच्च हुने क्लबले जनाएको छ । कतार विश्वपकप छनोटका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा गत पुसमा विमलको दायाँ घुँडामा चोट लोको थियो ।

मच्छिन्द्रले यसअघि मनिष डाँगी, सुनिल बलसँग सम्झौता गरिसकेको छ । रेजिन सुब्बा, विशाल राई, विशाल श्रेष्ठलगायतका पुराना खेलाडीसँग सम्झौता नविकरण गरिसकेको छ । क्लबले नयाँ सिजनका लागि प्रशिक्षक प्रवेश कटुवाललाई नै निरन्तरता दिएको छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.