4 years ago
October 28, 2021
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी क्लबले नेपाल आयल निगम (एनओसी) सँग मुख्य प्रायोजन सम्झौता नविकरण गरेको छ । गत वर्ष एक वर्षका लागि भएको सम्झौता थप एक वर्षका लागि नविकरण गर्दै ३५ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको छ ।

मनाङका महासचिव तेन्जिङ गुरुङ र एनओसीको तर्फबाट आर्थिक विभागकी निर्देशक सुष्मा कर्ण र कर्मचारी संघका अध्यक्ष विकास बखती विहीबार सम्झौता नविकरणमा उपस्थित थिए ।
गत वर्ष देखि नै क्लबले एनओसी मनाङ मर्स्याङ्दीको नाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्दै आएको छ । एनओसीले त्यसैलाई निरन्तरता दिँदै एक वर्षका लागि सम्झौता नविकरण गरिएको हो ।
एनओसी कर्मचारी संघका अध्यक्ष विकास बखतीले घरेलु फुटबलमा इतिहास बोकेको मनाङसँग एनओसीको सम्झौतामा त्यहाँका सबै कर्मचारीको साथ रहेको बताए । क्लबका महासचिव गुरुङले मनाङले यसपटक बलियो टोली निर्माण गरेको बताए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]