default_image

4 years ago

October 29, 2021

उद्घाटन खेल फ्रेन्ड्स र सातदोबाटोले फ्लडलाइटमा खेल्ने

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७८ को उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युवा क्लब भिड्ने भएका छन् । पहिलो खेल दशरथ रंगशालामा कार्तिक २९ गते साँझ ५ बजे हुनेछ ।

पहिलो चरणका अन्य खेल दशरथ रंगशाला र एन्फा दुवै मैदानमा हुनेछ । दिउँसो १२ बजेको खेल एन्फा कम्प्लेक्समा हुनेछ भने दिउँसो ३ बजेको खेल दशरथ रंगशालामा हुनेछ । लिगको तेस्रो चरणपछिका खेल भने च्यासलस्थित टेक्निकल सेन्टर र मनाङका केही खेल पोखरा रंगशालामा खेल्ने सम्भावना पनि रहेको लिग निर्देशक संजिव मिश्रले जानकारी दिए ।

पहिलो चरणमा दोस्रो दिन कार्तिक ३० गते हिमालयन शेर्पा विरुद्ध संकटा एन्फामा खेल्दा थ्री स्टार क्लबले दशरथ रंगशालामा च्यासलको सामना गर्नेछ । तेस्रो दिन मङ्सिर १ गते एन्फामा जावलाखेल र मनाङ खेल्दा रंगशालामा ब्रिगेड ब्वाइज क्लब र एपीएफ खेल्नेछन् । चौथो दिन मङ्सिर २ गते त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एन्फामा खेल्दा दशरथ रंगशालामा मच्छिन्द्र र न्यु रोड टिम (एनआरटी) खेल्नेछन् । एन्फामा हुने खेल दिउँसो १२ बजे तथा रंगशालामा दिउँसो ३ बजे हुनेछन् ।

एन्फाले हाललाई सुरुवाती २ चरणको मात्र खेल तालिका सार्वजनिक गरेको छ । त्यसपछि कसले कुन टोलीसँग खेल्ने पक्का भएपनि मिति भने पछि मात्र तोकिनेछ ।

लिग फागुन दोस्रो सातासम्म चल्नेछ । सिंगल राउन्डको लिगको विजेताले उपाधि जित्नेछ । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ । यसअघि सुपर ८ खेल्ने अवधारणा रहेपनि त्यो लागु नहुने भएको छ । यसपटक पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन् । लिग विजेता टोलीले ७५ लाख, उपविजेताले ५० लाख तथा २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले गोल्डेन बल प्राप्त गर्दा सर्वाधिक गोलकर्ताले गोल्डेन बुट तथा उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स प्राप्त गर्नेछन् । यी खेलाडीसँगै उदियमान खेलाडीले नगद पुरस्कार पनि प्राप्त गर्नेछन् ।

पहिलो चरणका खेल :

कार्तिक २९ गते – फ्रेन्ड्स विरुद्ध सातदोबाटो – साँझ ५ बजे – दशरथ रंगशाला

कार्तिक ३० गते – हिमालयन शेर्पा विरुद्ध संकटा – दिउँसो १२ बजे – एन्फा कम्प्लेक्स

कार्तिक ३० गते – थ्री स्टार क्लब विरुद्ध च्यासल – दिउँसो ३ बजे – दशरथ रंगशालामा

मङ्सिर १ गते – जावलाखेल विरुद्ध मनाङ – दिउँसो १२ बजे – एन्फा

मङ्सिर १ गते – ब्रिगेड ब्वाइज क्लब र एपीएफ – दिउँसो ३ बजे दशरथ रंगशालामा

मङ्सिर २ गते – त्रिभुवन आर्मी क्लब विरुद्ध नेपाल पुलिस क्लब – दिउँसो १२ बजे – एन्फा

मङ्सिर २ गते – मच्छिन्द्र विरुद्ध न्यु रोड टिम (एनआरटी) -दिउँसो ३ बजे – दशरथ रंगशालामा

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.