default_image

4 years ago

November 3, 2021

थ्री स्टारले मनाङलाई हरायो

317 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा थ्री स्टार क्लबले नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको मैत्रीपूर्ण खेलमा थ्री स्टार २-१ ले विजयी भयो । थ्री स्टारको जितमा विजय भुजेल र निशान खड्काले गोल गरेका थिए । मनाङका लागि ओलावाले आफिजले बराबरी गोल फर्काएका थिए ।

थ्री स्टारले विजयको गोलमा अग्रता लिएको थियो । तर थ्री स्टारको गोलरक्षक प्रिसोले गल्ति गर्न पुग्दा ओलावाले पहिलो हाफमा नै मनाङलाई बराबरीमा ल्याउन सफल भए । दोस्रो हाफमा निशानले गोल गर्दै जित पक्का गरे । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई गोलमा परिणत गरेका थिए ।

दुवै टोली आफ्ना केहि मुख्य खेलाडीबिना नै मैदान उत्रिएका थिए । थ्री स्टारका प्रशिक्षक उज्जन श्रेष्ठ र मनाङका राजेन्द्र तामाङले नयाँ खेलाडीलाई पनि प्रयोग गरेका थिए ।

थ्री स्टारको लिग तयारीस्वरूप खेलिएको दोस्रो खेल हो । यसअघि क्लबले गत शुक्रबार न्यु रोड टिम (एनआरटी) सँग ३-३ को बराबरी खेलेको थियो । मनाङले भने पहिलो मैत्रीपूर्ण खेल खेलेको हो ।

खेलको थप तस्बिर हेर्न यहाँ थिच्नुहोस

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.