default_image

4 years ago

November 4, 2021

नेपालका चार क्लबलाई एएफसीको क्लब लाइसेन्स

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ४ ए डिभिजन क्लबले एएफसीको मातहतमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आवश्यक एएफसी क्लब लाइसेन्स प्राप्त गरेका छन् । एन्फाले एक विज्ञप्ति जारी गर्दै फर्स्ट इन्स्ट्यान्ट बडीले ४ क्लबलाई लाइसेन्स दिएको जनाएको छ ।

गत सिजन लाइसेन्स प्राप्त गरेको त्रिभुवन आर्मी फुटबल क्लबसँगै मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र नेपाल एपीएफ फुटबल क्लबले क्लब लाइसेन्स मापदण्ड पूरा गरेका हुन् । गत सिजनको ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबले पनि यस सिजनका लागि एएफसी लाइसेन्स प्राप्त गरेको छ । गत वर्ष आर्मी नयाँ मापदण्ड अनुसार सम्पूर्ण प्रक्रिया पूरा गर्दै लाइसेन्स पाउने पहिलो क्लब बनेको थियो ।

मच्छिन्द्र लिग विजेता भएपनि क्लब लाइसेन्स प्राप्त नगरेका कारण गत सिजन लिगको उपविजेता आर्मीले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कपमा सहभागिता जनाएको थियो । टोलीले श्रीलंका पुलिसलाई प्लेअफको पहिलो चरणमा पराजित गरेपनि बेंगलुरु एफसीसँग पराजित भएको थियो ।

यससँगै नयाँ सिजनको ए डिभिजन लिगमा उपाधि दाबेदार मानिएका तीन टोलीले एएफसी प्रतियोगिता समेत खेल्न पाउने भएका छन् । नेपालको ए डिभिजन लिग विजेताले एएफसी प्रतियोगिता खेल्ने कार्यक्रम छ । त्यस्तै साफले पनि क्लब च्याम्पियनसिप आयोजना गर्ने चर्चा रहेको छ ।

एन्फाले राष्ट्रिय लाइसेन्स भने अर्को महिना निर्णय लिनेछ ।

एएफसीका प्रतियोगिता खेल्न चाहिने क्लब लाइसेन्स प्राप्त गर्न एएफसीले तोकेका १८ मापदण्डबारे विस्तृत विवरण :

खेल क्षेत्रको मापदण्ड :

सिनियर टोलीको प्रमुख प्रशिक्षक : क्लबले सिनियर टोलीको लागि मुख्य प्रशिक्षक नियुक्त गर्नुपर्ने हुन्छ जसले सम्पूर्ण खेल सम्बन्धि जिम्मेवारी लिनुपर्छ । प्रशिक्षकले कम्तिमा ए लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । प्रशिक्षकलाई क्लबको कार्यसमिति वा सचिवालयले नियुक्ति गरेर क्लबसँग लिखत सम्झौता गरेको हुनुपर्छ ।

युवा टोलीको निर्माण र सहभागिता : क्लबले युवा टोलीको हरेक खेलाडीको नाम, ठेगाना र जन्ममिति सहित प्रतियोगितामा खेलेको प्रमाण प्रस्तुत गर्नुपर्छ । यससँगै युवा टोलीको प्रशिक्षकको योग्यता र लिखत सम्झौता पनि पेश गर्नुपर्नेछ ।

टिम डाक्टर : क्लबले टिम डाक्टर अथवा फिजियोथेरापिस्ट नियुक्त गरेर क्लबको खेल र प्रशिक्षणमा स्वास्थ्य जिम्मेवारीसहित डोपिङ नियन्त्रणमा समेत जिम्मेवार हुनुपर्नेछ । टिम डाक्टर र फिजियोथेरापिस्टको हकमा योग्यता स्थानीय स्वास्थ्य निकायबाट स्वीकृति प्राप्त भएको हुनुपर्नेछ । साथसाथै लिग वा फुटबल संघमा पनि दर्ता भएको हुनुपर्छ ।

खेलाडीसँग लिखत सम्झौता : हरेक क्लबले खेलाडीसँग लिखत सम्झौता गरेर फिफाको खेलाडी दर्ता तथा ट्रान्सफरको नियम अनुसार संघमा दर्ता गर्नुपर्नेछ । यसका लागि राष्ट्रिय कानुन, फुटबल संघ, फिफा र एएफसीको नियम पालना गर्नुपर्नेछ ।

स्वास्थ्य सहयोग : क्लबले सबै खेलाडीलाई आवश्यक स्वास्थ्य सुविधा उप्पलाब्ध गराउनुपर्नेछ । खेलाडीले वार्षिक रुपमा स्वास्थ्य परिक्षण गराउनुपर्नेछ र कुनै समस्या आएमा क्लबले नै सम्पूर्ण उपचार खर्च बेहोर्नुपर्नेछ । क्लबले स्वास्थ्य परिक्षणपछि हरेक खेलाडी खेल्नका लागि स्वस्थ रहेको प्रमाण पेश गर्नुपर्नेछ ।

स्वीकृति प्राप्त युवा विकास कार्यक्रम : क्लबले स्वीकृत प्राप्त युवा विकास कार्यक्रम पेश गर्नुपर्नेछ जसमा क्लबको संस्था संरचना, वार्षिक प्रशिक्षण योजना र आबद्ध व्यक्तिबारे विस्तृत जानकारी हुनुपर्छ ।

खेल पूर्वाधार मापदण्ड :

खेल मैदान : क्लबले आफ्नो घरेलु मैदानको नाम र ठेगाना उपलब्ध गराउनुपर्नेछ । साथै उक्त मैदान क्लबको स्वामित्वमा रहेको प्रमाण अथवा उक्त मैदानको मालिकसँग गरिएको सम्झौताको प्रमाण पेश गर्नुपर्नेछ । उक्त मैदानमा लिगका खेलहरु हुने स्वीकृति समेत क्लबले दिनुपर्नेछ । उक्त मैदान एएफसीको मैदान नियमावलीका अनुसार खेल योजना गर्नलायक हुनुपर्छ ।

प्रशिक्षण सुविधा : क्लबले वर्षभर प्रशिक्षण सुविधाका लागि आफ्नै मैदान अथवा अन्य कुनै मैदान उपलब्ध हुने प्रमाण पेश गर्नुपर्छ ।

क्लब सचिवालय : क्लबले सचिवालयको नाम र ठेगाना पेश गर्नुपर्छ । यसका लागि क्लबको कार्यालय रहेको प्रमाण र उक्त स्थानमा क्लबले आफ्नो कार्य नियमित गर्न पाउने प्रमाण दिनुपर्नेछ । क्लबको सचिवालयबारे सम्पूर्ण जानकारी प्रस्तुत गर्नुपर्छ ।

कर्मचारी तथा प्रशासनिक मापदण्ड :

प्रबन्ध निर्देशक : क्लबले फुल टाइम सीइओ अथवा महासचिव नियुक्त गरेर क्लबको प्रशासनिक कामको मुख्य जिम्मेवारी दिनुपर्छ । उनले नै क्लबको प्रशासनिक कामहरुको व्यवस्थापन र पर्यवेक्षण गर्नेछन् । यसका लागि उनले शैक्षिक योग्यताका साथै फुटबल प्रशासनमा काम गरेको अनुभव रहेको हुनुपर्छ । क्लबको व्यवस्थापन सम्हाल्न योग्य पनि हुनुपर्छ ।

फाइनान्स अफिसर : क्लबले फुल टाइम अथवा पार्ट टाइम फाइनान्स अफिसर नियुक्त गरेर सम्पूर्ण आर्थिक र लेखासम्बन्धि जिम्मेवारी दिनुपर्नेछ । उनले आवश्यक शैक्षिक योग्यतासँगै फुटबलमा अनुभव बोकेको हुनुपर्छ ।

सुरक्षा अधिकारी : क्लबले फुल टाइम अथवा पार्ट टाइम सुरक्षा अधिकारी नियुक्त गरेर सुरक्षा समबन्धि जिम्मेवारी दिनुपर्नेछ ।

मिडिया अफिसर : क्लबले पार्ट टाइम वा फुल टाइम मिडिया अफिसर नियुअक्त गरेर मिडियासम्बन्धि जिम्मेवारी दिनुपर्नेछ । उनको आवश्यक शैक्षिक योग्यतासँगै फुटबल र मिडियाबारे ज्ञान हुनुपर्छ ।

कानुनी मापदण्ड :

कानुनी इकाइ : क्लब देशको प्रचलित कानून बमोजिम एक कानुनी संस्थाको रूपमा अधिकारसहित दर्ता हुनुपर्छ ।

क्लबको स्वामित्व र नियन्त्रण : क्लबले कानुनी रूपमा स्वामित्व, संरचना तथा क्लबको नियन्त्रण संयन्त्रको विस्तृत रूपरेखा प्रस्तुत गर्नुपर्छ ।

आर्थिक मापदण्ड :

वार्षिक बजेट : क्लबले हरेक सिजनको सुरुवातमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्छ । बजेटमा वर्षको आम्दानी र खर्च प्रक्षेपणसँगै स्रोतबारे समेत रकम खुलाएर जानकारी दिनुपर्छ ।

अडिट गरिएको वार्षिक आर्थिक प्रतिवेदन : क्लबले अघिल्लो वर्षको अडिट गरिएको आर्थिक प्रतिवेदन पेश गर्नुपर्छ ।

कर चुक्ता तथा कर्मचारीहरुलाई पूर्ण तलब भुक्तानी : क्लबले वर्तमान र पुराना कर्मचारीको पूर्ण तलब भुक्तानीका साथै स्थानीय कर तथा अन्य सम्झौता अनुसार सम्पूर्ण हिसाब चुक्ता गरेको हुनुपर्छ । कर्मचारी भन्नाले खेलाडीसँगै प्रशासन, प्राविधिक, स्वास्थ्य, सुरक्षा लगायत संघमा कार्यरत व्यक्ति बुझ्नुपर्छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.