4 years ago
November 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-२३ राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक अर्पण कार्की र भारतीय मिडफिल्डर शेम मार्टन ए डिभिजन लिगको क्लब च्यासल युवा क्लबमा अनुबन्धित भएका छन् ।

क्लबले सोमबार एक विज्ञप्तिमार्फत दुई खेलाडी अनुबन्धनबारे जानकारी दिएको हो । अर्पणले भर्खरै सम्पन्न एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल यू-२३ टोलीको कप्तानी सम्हालेका थिए । नेपालको विभिन्न उमेर समूहका लागि खेलेका उनले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पनि स्थान बनाइसकेका छन् ।
भारतीय मिडफिल्डर मार्टन भने भारतको चेन्नई सिटीबाट खेल्दै आएका थिए । उनले आइलिगका साथै एएफसी कपमा पनि एक खेल खेलेका छन् । प्राकृतिक रुपमा रक्षात्मक मिडफिल्डर मार्टनले डिफेन्समा पनि खेल्न सक्छन् ।
च्यासलले यसअघि इटालीका फरवार्ड विकास मेराग्लियालाई अनुबन्ध गरिसकेको छ । थप दुई विदेशी खेलाडीमा क्लबले क्यामरुनका २२ वर्षिय कित्वा यानिक र २५ वर्षीय मोउसा अबागानालाई पनि भित्र्याएको थियो ।
घरेलु खेलाडीमा क्लबसँग राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जन, डिफेन्डर कमल श्रेष्ठ, विनय श्रेष्ठ, चेतन थारु, लगायत खेलाडी छन् । क्लबले मुख्य प्रशिक्षकमा बालगोपाल साहुखल तथा प्राविधिक निर्देशकमा सक्टल्यान्डका ली मान्सनलाई अनुबन्ध गरेको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]