3 years ago
April 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीका सेसे बाउले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् । नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १४ ओभरमा ७ विकेट गुमाउँदै ९८ रन बनाएको छ ।
सेसे बाउ ३२ बलमा १ चौका र ५ छक्कासहित ५१ रनमा अविजित छन् । उनले १४ औं ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीलाई छक्का प्रहार गर्दै ३२ बलमा आफ्नो पहिलो अर्धशतक पूरा गरेका थिए । उनको यो टि२० आई करिअरको पहिलो अर्धशतक हो । नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका थिए ।
करणले तेस्रो ओभरको पाँचौं बलमा ओपनर लेगा सियाकालाई मिड विकेटमा ८ रनमा क्याच गराए । पाँचौं ओभरमा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । कप्तान असाद भालालाई तेस्रो बलमा ८ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा ठूलो सट खेलेका टोनी उरा रोहित पौडेलले लङअनमा क्याच गराउँदै जितको सम्भावना बलियो बनाएका थिए ।
दीपेन्द्रको बलमै चाल्र्स अमिनी ठूलो सट खेल्दै लङअनम सोमपाल कामीबाट १५ रनमा क्याच गराएपछि पीएनजी दबाबमा परेको थियो । राइली हेकुरे ६ रनमा क्याच भए । सन्दीपले १३ औं ओभरमा दुई विकेट लिँदै नेपालको जित सहज बनाएका थिए । तेस्रो बलमा हेकुरेलाई सोमपाल कामीबाट म्याच गराए । लगत्तै अर्को बलमा पीएनजीका प्रमुख हिटर नोर्मन भानुआलाई फस्ट स्लिपमा आरिफ शेखबााट गोल्डेन डक आउट भएपछि नेपाल खेलमा हाबी बनेको हो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रनमा अविजित रहे । दीपेन्द्रले ३५ बलमा आफ्नो टि२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका थिए ।
करण केसीले १२ बलमा ५ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे । पीएनजीका सेमो कमियाले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए । चाद सोपर, काबुआ मोरेआ र राइली हेकुरेले १–१ विकेट लिए ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]