12 months ago
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो ।
लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन जोडे । उनले ६८ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । प्रतियोगितामा आफ्नो दोस्रो अर्धशतक राेहितले ४३ बलमा पूरा गरेका थिए ।
रोहित एनपिएलमा दुई अर्धशतक पूरा गर्ने पहिलो नेपाली क्रिकेटर हुन् । रोहितले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ९५ रन बनाएका थिए ।
रोहित २ सय ६१ रनका साथ सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा छन् । पाँचौ विकेटका लागि कप्तान रोहितले साद विन जाफरसँग मिलेर १ सय १४ रनको शतकीय साझेदारी गरे । यो प्रतियोगितामा पाँचौ विकेटका लागि भएकाे सर्वाधिक रनको साझेदारी हो । प्रतियोगिताका चौथो शतकीय साझेदारी हो ।
रिजन ढकालले दोस्रो ओभरमा नै २ विकेट लिएर चितवनलाई सुरुवात देखि नै हाबी बनेको थियो । तर,राेहित र जाफरकाे शतकीय साझेदारीले लुम्बिनी खेलमा फर्किएकाे थियाे ।
जाफरले ३५ बलमा ५२ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । १०औं ओभरको अन्तिम बलमा साद विन जाफरले जीवनदान पाए । उनी कप्तान कुशल मल्लको बलमा सोहेल तन्भिरले सहज क्याच छोडेका थिए । जाफर त्यस समय ५ रनमा रहेका थिए ।
अर्जुन साउद १२ बलमा १५ रन बनाउँदै आउट हुँदा सन्दीप जोरा ४ रनमा नट आउट रहे ।
रिजनले दोस्रो ओभरको पहिलो बलमा आशुतोष घिरैयालाई १ रनमा बोल्ड आउट गराए । तेस्रो बलमा उनले उन्मुक्त चन्दलाई शुन्य रनमा विकेटकिपर विपिन रावलको हातबाट क्याच भए ।
आठौं ओभरको पहिलो बलमा कुशल बलमा टम मुर्सले जीवनदान पाएका थिए । मुर्सलाई रिजन ढकाल र जान निकोल लफ्टी इटनबीचको दुविधाको कारण क्याच मिस भएको थियो । त्यही ओभरको चौथो बलमा छक्का प्रहार गरेका मुर्स लगत्तैको बलमा फेरी छक्काको प्रयास गर्दा बाउन्ड्रीमा लफ्टीबाट नै क्याच भए ।
लुम्बिनीले चितवन सामू पावर प्लेमा २ विकेटमा ३३ रन बनाएको थियो । पाँचौं खेलसम्म आईपुग्दा चितवनले कुनै टोलीविरुद्ध ५० रनमाथीको रन खर्चिएको छैन । चितवनले पावर प्लेमा सुदूरपश्चिम रोयल्सविरुद्ध ३ विकेट लिदै सर्वाधिक ४८ रन खर्चिएको थियो ।
चितवनका लागि रिजन ढकालले २ तथा रञ्जित कुमार र कुशलले समान १ विकेट लिए । आज नै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससँग खेल्दैछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]