default_image

2 years ago

May 25, 2022

थाईल्यान्ड सहित पाँच देशलाई महिला ओडिआई मान्यता

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले थाईल्यान्ड सहित पाँच एसोसियट देशलाई महिला ओडिआई मान्यता प्राप्त प्रदान गरेको छ । आइसिसीले बुधबार थाईल्यान्डसँगै, अमेरिका, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र स्कटल्यान्डलाई महिला ओडिआई मान्यता प्रदान गरेको छ। थाईल्यान्ड बाहेक अन्य चार टोलीका पुरुष टोली ओडिआई मान्यता देश हुन् । थाईल्यान्ड महिला टि२० आई वरियतामा १० […]

227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले थाईल्यान्ड सहित पाँच एसोसियट देशलाई महिला ओडिआई मान्यता प्राप्त प्रदान गरेको छ । आइसिसीले बुधबार थाईल्यान्डसँगै, अमेरिका, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र स्कटल्यान्डलाई महिला ओडिआई मान्यता प्रदान गरेको छ।

थाईल्यान्ड बाहेक अन्य चार टोलीका पुरुष टोली ओडिआई मान्यता देश हुन् । थाईल्यान्ड महिला टि२० आई वरियतामा १० औं स्थानमा छ । महिला टि२० आई वरियतातर्फ स्कटल्यान्ड १३ औं, पपुवा न्युगिनी १४ औं, नेदरल्यान्ड्स २० औं र अमेरिका २७ औं स्थानमा छन् । नेपाल १६ औं स्थानमा छ । नेपाल भन्दा वरियतामा पछि रहेका दुई देश अमेरिका र नेदरल्यान्ड्सले महिला ओडिआई मान्यता पाएका हुन् ।

आइसिसीले आइसिसी वुमन्स च्याम्पियनसिप सार्वजनिक गरेको छ । वुमन्स च्याम्पियनसिपमा टेस्ट टोली जिम्बावे र अफगानिस्तान बाहेक अन्य १० टोली सहभागी हुनेछन् । बंगलादेश र आयरल्यान्ड्सले यस च्याम्पियनसिपमा पहिलो पटक सहभागीता जनाउनेछन् । जुन २०२५ मा हुने महिला विश्वकप छनोटको बाटो हुनेछ ।

१० टोलीले तीन खेलको आठ सिरिज खेल्नेछन् । चार होम र चार अवेमा हुनेछन् । जसमा आयोजक बाहेक पाँच टोली सोझैं विश्वकपमा पुग्नेछन् । बाँकी दुई टोली विश्वकप छनोटबाट आउनेछन् । दुई टोली ओडिआई वरियतामा निर्भर रहनेछ । २०२५ देखि महिला विश्वकपमा १० टोलीले सहभगीता जनाउने छन् । यसअघि भने आठ टोलीले विश्वकपमा सहभागीता जनाउँदै आएका छन् ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.