2 years ago
April 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ।
सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ।
माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ विकेटको नोक्सानीमा १ सय २१ रन बनायो।
रोहन विकेले सर्वाधिक ४६ रन बनाए। कप्तान राहुल मण्डलले २३ रन, अभिषेक तिवारीले नटआउट २१ रन विशाल पटेलले १४ रन बनाए।
उनीहरू बाहेक अन्यले दोहोरो रन छुन सकेनन्। बलिङमा नरेन साउद, हेमन्त धामी र शेर मल्लले २/२ विकेट लिए। नरेनले सबैभन्दा किफायती बलिङ गरे। उनले ४ ओभर बलिङ गरेर मात्र ५ रन खर्चिए।
जवाफमा १ सय २२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमलाई फाइनलको संभावनालाई जिवितै राख्न खेल जित्नुपर्ने दबाब थियो। तर २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रनमा नै समेटियो। सुदूरपश्चिमका कुनैपनि खेलाडी क्रिजमा टिक्न सकेनन् ।
टप र मोडल अर्डरका ब्याटरको प्रदर्शन कमजोर रहयो। अभिषेक राईले २२ र वसन्त कार्कीले १५ रन जोडे। सातौं क्रमका वसन्त खत्रीले इनिङस सम्हाल्ने कोशिस गरे। अन्तिम ओभरमा सुदूरपश्चिमलाई जितको लागि १४ रन जरूरी थियो। क्रिजमा वसन्त र किरण ठगुन्ना थिए।
किरणले एक छक्का र एक चौका प्रहार गरे। तर पाँचौ बलमा सर्वाधिक ३८ रन जोडेका वसन्त रन आउट भए। अन्तिम बलको सामना गर्न नरेन साउद स्ट्राइकमा आए। अन्तिम बलमा जितको लागि ३ रन जरूरी थियो। नरेनले दुई रन मात्र जोड्न सके र खेल बराबरीमा पुग्यो। बलिङमा रञ्जित कुमारले ३ विकेट लिए।
खेल बराबरीमा सकिएपछि सुपर ओभरबाट खेलको निर्णय भयो। सुपर ओभरमा सुदूरपश्चिमको ब्याटिङ कमजोर रहयो। मात्र ७ रन जोडन सक्यो। जितको लागि मधेशलाई ८ रन बनाउनुपर्ने थियो। जहाँ पाँचौ बलमा नै मधेशले ९ रन जोडेर जित आफ्नो पक्षमा पार्यो।
यो जितमा मधेशले ६ खेलमा ४ जित सहित ८ अंक बनाएको छ। उसले फाइनलमा पुग्ने संभावनालाई जिवितै राखेका छ। मधेश, बागमती र लुम्बिनीको समान ८ अंक बनाएको छ। ५ खेलबाट ४ अंक जोडेको सुदूरपश्चिम भने बाहिरिएको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]