default_image

1 year ago

December 5, 2022

मिलनको घातक बलिङमा उपाधि जित्न सुदूरलाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर मिलन बोहराको घातक बलिङमा लुम्बिनी प्रदेशले वाईवाई यू१९ राष्ट्रिय प्रतियोगिता फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९३ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी २९.१ ओभरमा ९२ रनमा अल आउट भयो । लुम्बिनीका आकाश त्रिपाठीले ६९ बलमा २ चौकासहित सर्वाधिक ३८ रनमा आउट भए । […]

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर मिलन बोहराको घातक बलिङमा लुम्बिनी प्रदेशले वाईवाई यू१९ राष्ट्रिय प्रतियोगिता फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९३ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी २९.१ ओभरमा ९२ रनमा अल आउट भयो । लुम्बिनीका आकाश त्रिपाठीले ६९ बलमा २ चौकासहित सर्वाधिक ३८ रनमा आउट भए ।

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । लज्जास्पद ब्याटिङ गर्नेक्रममा लुम्बिनीका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमध्य चार खेलाडीले खाता खोल्न सकेनन् ।

टियु एन्डबाट आएका मिलन बोहराले पाँच विकेट लिँदै सस्तैमा रोकेका हुन् । तीव्र गतिका बलर हेमन्त धामीले ओपनर देव खनाललाई सातौं ओभरको पाँचौं बलमा ७ रनमा एलबीडब्लू आउट भए । पहिलो विकेट जादा लुम्बिनीले २७ रन बनाएको थियो । त्यसपछि लुम्बिनीले लगातार विकेट गुमायो ।

हेमन्तले प्रज्ज्वल थापालाई ५ रनमा बोल्ड भए । अकाश चन्दले मनोज मगरलाई एक रनमा बोल्ड गरे । त्यसपछि मिलन बोहराले दयनीय अवस्थामा पुर्याए ।

मिलनले विशाल विक्रम केसीलाई ७ रनमा बोल्ड गरे । मिलनले अभिषेक गौतमलाई शून्यमा बोल्ड गर्दै पाँच विकेट पूरा गरेका थिए । जारी प्रतियोगितामा मिलनको यो दोस्रो पाँच विकेट हो ।

यसअघि गण्डकीविरुद्ध उनले ६ विकेट लिएका थिए । सुदूरका मिलन बोहराले ९ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ५ विकेट लिए । नरेन साउदले ५.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले दुई र आकाश चन्दले एक विकेट लिए ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.