default_image

1 year ago

December 6, 2022

कप्तान रोनाल्डोसँग प्रशिक्षक सान्तोस रुष्ट

कतार (हाम्रो खेलकुद) – पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलअघि आफू कप्तान क्रिस्टियानो रोनाल्डोप्रति रुष्ट देखिएका छन् । समूहको अन्तिम खेलमा रोनाल्डोलाई परिवर्तन गर्दाको व्यवहारप्रति उनले असन्तुष्टि व्यक्त गरे । पोर्चुगलले २-१ ले हारेको उक्त खेलमा रोनाल्डो ६५ औं मिनेटमा परिवर्तन भएका थिए । रोनाल्डोले बाहिर जाने बेलामा […]

286 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलअघि आफू कप्तान क्रिस्टियानो रोनाल्डोप्रति रुष्ट देखिएका छन् । समूहको अन्तिम खेलमा रोनाल्डोलाई परिवर्तन गर्दाको व्यवहारप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

पोर्चुगलले २-१ ले हारेको उक्त खेलमा रोनाल्डो ६५ औं मिनेटमा परिवर्तन भएका थिए । रोनाल्डोले बाहिर जाने बेलामा प्रशिक्षकको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै नराम्रो व्यवहार देखाएका थिए । लगत्तै उनी कोरियाली खेलाडी चो ग्युसुङसँग पनि विवादमा परे । त्यसबेला सान्तोसले रोनाल्डो र कोरियाली खेलाडीको विवादमा मात्र ध्यान दिएको र रोनाल्डोको आचरण ख्याल नगरेको बताए ।

‘खेल सकिएलगत्तै मिडियामा बोल्दा मैले भिडियो फुटेज हेरेको थिइनँ । रोनाल्डोले परिवर्तन हुने बेलामा के भने मैले सुन्ने अवस्था थिएन । कोरियाका खेलाडीसँग विवाद भएको देखेको थिएँ, मात्र त्यति हो,’ सान्तोसले सोमबार भने, ‘तर जब भिडियो हेरें, मलाई मन परेन । मलाई पटक्कै मन परेन । त्यसपछि हामीले आन्तरिक रुपमा यो समस्याबारे छलफल गरेका छौं । त्यो समस्या अब सुल्झेको छ र हामी सबै भोलिको खेलको लागि ध्यान दिइरहेका छौं ।’

सान्तोसले रोनाल्डोसँग छलफल गरेको बताएपनि रोनाल्डो अन्तिम १६ को खेलमा सुरुवात गर्छन् वा गर्दैनन् भन्ने प्रष्ट पार्न चाहेनन् । रोनाल्डो सुरुवाती रोजाइमा खेल्छन् भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘म खेलअघि ड्रेसिङ रुममा मात्र को खेल्छन् भन्ने थाहा दिन्छु । सन् २०१४ देखि नै मैले यसो गर्दै आएको छु । यो निर्णयलाई लिएर कसैलाई समस्या छैन र हुने पनि छैन,’ उनले थपे ।

‘मैले पोर्चुगल र राष्ट्रिय टोलीको हितको बारेमा सोच्ने हो । रोनाल्डोको विषय आन्तरिक रुपमा सुल्झिसकेको छ । अब खेलमा ध्यान दिनेछौं,’ सान्तोसले भने ।

रोनाल्डोले साउदी क्लबसँग सम्झौता गरेको भन्ने विषयमा आफूलाई केहि थाहा नभएको उनले बताए । ‘मेरो यो विषयमा केहि कुरा भएको छैन । विहान पनि हामीले टोलीको बारेमा कुरा गरेका हौं । यो उनको निर्णय हो र हामीलाई केहि थाहा हुँदैन । रोनाल्डो अहिले विश्वकपमा ध्यान दिइरहेका छन् । योबाहेक विषय मलाई थाहा छैन,’ उनले थपे ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.