default_image

11 months ago

June 10, 2023

नेदरल्यान्ड्ससँग पनि नेपालको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सलाई १ सय ५७ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ३६.५ ओभरमा १ सय ५६ रनमा अल आउट भयो । नेपालका कप्तान रोहित पौडेलाले ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३० रनको योगदान दिए । रोहित स्पिनर […]

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सलाई १ सय ५७ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ३६.५ ओभरमा १ सय ५६ रनमा अल आउट भयो ।

नेपालका कप्तान रोहित पौडेलाले ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३० रनको योगदान दिए । रोहित स्पिनर शरिज अहमदको १८ औं ओभरको पहिलो बलमा फस्ट स्लिपमा क्याच आउट हुन पुगेका थिए । त्यस्तै गुलशन झा ३२ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए ।

नेपालले पहिलो ओभरको पाँचौं बलमा ओपनर आसिफ शेखलाई चार रनमा गुमाएको थियो । तीव्र गतिका बलर लोगन भान बीकको बलमा आसिफ विकेटकिपर क्रोशबाट क्याच आउट हुन पुगे ।

नेपालले दोस्रो विकेट अर्जुन साउदलाई तेस्रो ओभरमा गुमाएको थियो । बीककै बलमा अर्जुन साउद चार रनमा क्याच आउट भएका थिए । कुशल भुर्तेल रायन क्लेनको चौथो ओभरको चौथो बलमा ९ रनमा एलबीडब्लू आउट भए ।

बीकले सातौं ओभरको दोस्रो बलमा दीपेन्द्रलाई बोल्ड आउट गरे । दीपेन्द्रले १२ बलमा एक चौकासहित ६ रन बनाए । दीपेन्द्र आउट हुँदा नेपाल ६.३ ओभरमा २८–४ को दयनीय अवस्थामा पुगेको थियो ।

भीम र रोहितले पाँचौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । भीम दुर्भाग्य रुपमा १० रनमा रन आउट हुँदै पेभेलिएन फर्किनु पर्यो । रोहितले हानेको बल नन स्ट्राइकमा नेदरल्यान्ड्सका बलरलाई हातमा लाग्दै स्टम्पमा लागेपछि केहि अघि बढेका भीम रन आउटको किशार हुन पुगेका थिए ।

आरिफ शेख ३५ बलमा २ चौकासहित १८ रनमा आउट भए । प्रतिश जि.सी २१ बलमा २ छक्कासहित १९ रनमा क्याच आउट भए । अन्तिम विकेटको रुपमा सोमपाल कामी ३६ बलमा २ चौकासहित १८ रनमा आउट भए ।

नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बिकले ७ ओभरमा २६ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । काउन्टीको कारण नेदरल्यान्ड्सका पहिलो रोजाईका बलर भने टोलीमा छैनन् । तरपनि नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ ।

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको […]

Success

Thank you for your time.