2 years ago
May 3, 2024
हिमाल खरेल,बिर्तामोड
ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा सहभाीहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।
बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समिति र बिर्तामोड नगरपालिकाले उनीहरुलाई शुक्रबार स्वागत सम्मान गरेका हुन् ।
कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका ६० जना नेपाली ओलम्पियन खेलाडी, २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीको कार्यक्रममा सहभागिता रहेको छ ।

त्यस्तै, ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा अस्ट्रिया, मलेसिया, सिंगापुर, बेलायतका छजना ओलम्पियनहरु समेत सहभागी छन् ।
सिद्धार्थ होटलमा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, नगर खेलकुद विकास समिति अध्यक्ष विकास गिरी, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, स्थानीय अग्रज तथा अन्य खेलाडीहरुले ओलम्पियन्स तथा सेलिब्रेटी खेलाडीलाई स्वागत सम्मान गरेका थिए ।

पुनर्मिलन कार्यक्रम इटहरी, बिर्तामोड हुँदै इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तु र कन्याममा पुगेर सम्पन्न हुनेछ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा कार्यक्रम भएको हो ।

नेपालका सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्मका ओलम्पियन, ओलम्पिक एसोसिएसनका अध्यक्ष तथा पदाधिकारी, खेलाडी लगायत खेलाडी सहभागी छन् ।
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एसियन डजबल च्याम्पियनसिपमा भाग लिने भएको छ। मलेसियामा हुने च्याम्पियनसिपमा भाग लिन १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मंगलवार मलेसिया प्रस्थान गर्दैछ। मंसिर ४ देखि ७ गतेसम्म मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने च्याम्पियनसिपमा नेपाल पहिलो पटक रुपमा सहभागी हुँदैछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले टोलीलाई […]
November 17, 2025
ललितपुर (हाम्रो खेलकुद)- धापाखेलस्थित जेम्स स्कुलमा रोटाकिड्स नेपालले रोटरी ई क्लब अफ डिस्ट्रिक्ट ३२९२, नेपाल र थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको सहकार्यमा ‘सेल्फ–डिफेन्स कार्यशाला २०२५’ आयोजना गरेको छ। ८ देखि १४ वर्ष उमेरका करिब ५० बालबालिकालाई लक्षित कार्यशालामा व्यक्तिगत सुरक्षा, स्थितिजन्य सजगता र आधारभूत आत्म–रक्षा सीप सिकाइयो। बालबालिकाको आत्मविश्वास, सजगता र सुरक्षाबोध बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको […]
November 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा छैंटौं टाइगर कप भलिबल प्रतियोगिता माघमा हुनेछ। पोखरा रंगशाला भित्रको भलिबल कोर्टमा माघ ९ देखि १९ गते (२०२६ जनवरी २३ देखि ३१ ) अन्तर्राष्ट्रिय क्लब–स्तरीय पुरुष र महिलाको भलिबल प्रतियोगिता हुने शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। टाइगर समूहले प्रतियोगिताको लागि कान्तिपुर मिडिया ग्रुप […]