default_image

6 months ago

June 15, 2025

इन्टर मायमी र अल अहलीको बराबरी

1917 views

0 Bookmark

एजेन्सी – लियोनल मेस्सी सम्मिलित इन्टर मायमी फिफा क्लब विश्वकप २०२५ को पहिलो खेलमा इजिप्टको अल अहलीसँग गोलरहित बराबरीमा रोकिएको छ

हार्ड रक स्टेडियममा भएको खेलमा समूह ए मा मायमीलाई १ अंक दिलाउन गोलकिपर ओस्कार उस्टारीको प्रदर्शन महत्वपूर्ण रह्यो ।

प्रतियोगिताको उद्घाटन खेलमा ३८ वर्षीय अर्जेन्टिनी गोलकिपर उस्टारीले ८ वटा उत्कृष्ट बचाउ गरे । पहिलो हाफको अधिकांश समय उनले अल अहलीको लगातार दबाब सामना गरे। ४३औं मिनेटमा उनले त्रेजेगेट को पेनाल्टी रोक्दै टोलीलाई जोगाए ।

मायमीले दोस्रो हाफमा गोलको केहि प्रयास गर्यो । तर सफलता मिलेन । लियोनल मेस्सीको फ्रिकिक प्रहारमा बल जालीको बाहिर पट्टीको ठोक्कियो भने । परिवर्तित फाफा पिकोल्टले नजिकबाट गरेको प्रहारलाई अल अहलीका गोलकिपर मोहमद एल-शेनावीले मुस्किलले रोके।


खेलको अन्त्यतिर एल-शेनावीले अर्को बचाउ गरे । इन्ज्युरी समयको अन्त्यमा मेस्सीको प्रहारलाई डाइभ गर्दै जोगाए। समूह ए मा ब्राजिलको पाल्मेरस र पोर्चुगलको एफसी पोर्टो छन् ।

सन् २००० देखि फिफाले हरेक वर्ष महादेशीय क्लब प्रतियोगिताको विजेतालाई समेटेर क्लब विश्वकप आयोजना गर्दै आएको थियो । यसपटकदेखि भने नयाँ संरचनामा क्लब विश्वकप हुँदैछ ।

प्रतियोगितामा विश्वभरका उत्कृष्ट ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । ८ समूहमा टोली विभाजन गरेपछि हरेक समूहका शीर्ष २ टोलीले नकआउट चरण खेल्दै फाइनलसम्म पुग्नेछन् ।

फिफाले विश्व फुटबलमा बलियो मानिएको युइएफएलाई १२ र दक्षिण अमेरिकाको कन्मेबललाई ६ स्थान दिएको छ । त्यस्तै ओसेनिया क्षेत्रबाट मात्र १ क्लबले विश्वकपमा स्थान बनाउने प्रावधान रहेको छ ।

एसिया, अफ्रिका र कन्काकाफबाट समान ४ टोलीले प्रतिस्पर्धा गर्दैछन् । आयोजक राष्ट्र अमेरिकाबाट नियमित एमएलएस सिजनको विजेता इन्टर मायमीले पनि प्रतिस्पर्धा गर्ने अवसर पाएको छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.