60 minutes ago
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ।
घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ।
खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर बनायो। पहिलो हाफमा किलियन एमबाप्पे र भिनिसियसले राम्रो मौका बनाए पनि गोल गर्न सकेनन्।
दोस्रो हाफ सुरु भएको तीन मिनेटमा सेल्टाका विलट स्वेडबर्गले गोल गरे। बायरान सारागोजाको क्रसलाई उनले गोल गरेका हुन्। त्यसपछि रियलको समस्या अझै बढ्यो। ६१औँ र ६२औँ मिनेटमा फ्रान गार्सियाले लगातार दुई पहेंलो कार्डको सामना गर्दै मैदान बाहिरिए।
इन्जुरी समयको चौथो मिनेटमा अल्भारो करेरासले रेफ्रीसँग गरेको विरोधका कारण रातो कार्ड पाएपछि रियल ९ खेलाडीमा सीमित भयो।
इन्जुरी समयको पाँचौं मिनेटमा इआगो अस्पासले दिएको थ्रुबलमा स्वेडबर्गले दोस्रो गोल गरे । यो हारपछि रियल बार्सिलोनाभन्दा ४ अंकले पछाडि छ। सेल्टा १९ अंकसहित लिगको दशौँ स्थानमा छ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]