7 years ago
June 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्लाइम्बिङ स्पोर्टस् एसोसिएसन (एनसीएसए) का पाचौँ साधारणसभा तथा निर्वाचन हरि धरेललाई ४ वर्षको लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

शाहसिक तथा पर्यटकीय खेल प्रवर्धन गर्ने मुल नाराका साथ स्थापित नेपाल क्लाइम्बिङ स्पोर्टस् एसोसिएसन बिगत ९ वर्ष देखि नेपाली खेलकुदको क्षेत्रमा क्रियाशील रहँदै आएको एसोसिएसनको बुधबार भएको साधारणसभाले सबै १६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो ।
उपाध्यक्षमा सुनार गुरुङ, सम्पन्न याकथुम्बा र प्रेम नारायण अधिकारी निर्विरोध चयन भए । महासचिवमा मेघराज पौड्याल, सचिवमा ठाकुर न्यौपाने र कोषाध्यक्षमा दोरिन्द्र राज दाहाल निर्विरोध भए ।
सदस्यहरुमा दिपेश केसी, लाक्पा शेर्पा, सन्तोष मादेन, केशव सापकोटा, चारु श्रेष्ठ, अन्जु रावत, सुजित कंडेल, हरेराम खड्का र तुल्सिङ गुरुङ रहेका छन् ।
पाचौँ वार्षिक साधारणसभा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संसद जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]