6 years ago
October 9, 2019
एजेन्सी – क्यामरुन तथा बार्सिलोनाका महान खेलाडी सामुइल इटोले खेल जीवनबाट सन्यासको घोषणा गरे । उनले आफ्नो दुई दशक भन्दा लामो खेल जीवनबाट सन्यास लिने घोषणासँगै पूर्व सहकर्मी एवंम निकटका साथी लियोन मेस्सीले सामाजिक सञ्जालमार्फत सन्देश दिएका छन् ।
मेस्सी र इटोलीले नोउ क्याम्पमा सन् २००४ देखि २००९ सम्म पाँच वर्षसँगै बिताएका थिए । अर्जेन्टिनी सुपरस्टार मेस्सीले इन्स्टाग्राममा सन्देश लेख्दै उनको खेल जीवनका लागि बधाई दिएका छन् ।’ तिमिले खेलबाट सन्यासको निर्णय लियौं सामु ? मलाई लाग्छ तिमि कम्तीमा ४० वर्ष पुग्यौं होला । आउने दिनका लागि तिमिलाई शुभकामना । अब मनमा जे गर्न इच्छा छ गर ।’
इटो आफ्नो समयमा सफल खेलाडी हुन् । १९९६ मा रियल म्याड्रिडको एकेडेमीमा आबद्ध भएका उनी अर्को वर्ष पहिलो रोजाइमा पर्न सफल भएका थिए । त्यसपछि उनी केहि समय लोनमा पनि गए ।
बार्सिलोना र इन्टर मिलानमा उनी बढी सफल रहे । उनले लगातार दुई पटक च्याम्पियन्स लिगको उपाधि जिते । युरोपको माथिल्लो स्तरको क्लबबाट ७ सय १८ खेले खेलेका उनले ३ सय ५९ गोल गरेका थिए । १९९७ बाट व्यववासयिक खेल जीवन सुरु गरका उनले झन्डै एक दर्जन क्लबबाट खेल्ने क्रममा १ सय १६ गोलमा एसिस्ट पनि गरे ।
२००३ देखि २०१० सम्म चार पटक अफ्रिकन वर्षका उत्कृष्ट फुटबल खेलाडी घोषित इटोले आफनो खेल जीवनमा स्पेट र इटालीमा गरि चार पटक च्याम्पियन्स लिगको उपाधि जिते । त्यस्तै उनले देशका लागि २००० को सिड्नी ओलम्पिकमा स्वर्ण पदक जिते ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]