6 years ago
October 3, 2019
एजेन्सी – घरेलु टोली पाकिस्तानले श्रीलंकासँगको तीन वान डे सिरिज जितेको छ । बुधबार राती तेस्रो तथा अन्तिम खेलमा ५ विकेटले जितेसँगै पाकिस्तानले सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो ।
२ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानको जितमा ओपनर खकार जमानले ९१ बलमा ७ चौका र १ छक्का सहित ७६ रनको योगदान दिए ।
त्यस्तै आबिद अलीले ६७ बलमा १० चौका सहित ७४ रन जोड्दै म्यान अफ द म्याच चुनिए । त्यस्तै प्रतियोगिताको म्यान अफ द सिरिज घोषित भएका बाबर आजमले ३१,कप्तान शरफराज अहमद २३,हरिस सोहेल ५६ र इफ्खितर अहमदले २८ रनको योगदान दिए ।
श्रीलंकाका लागि नुवान प्रदीपले २,लाहिरु कुमारा,वानिन्दु हरंरगा, शेहान जयसूर्याको नाममा समान १ विकेट रह्यो ।
त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो।
श्रीलंकाका लागि ओपनर दनुष्का गुणतिलकले सर्वाधिक १ सय ३३ रनको योगदान दिएपनि टोलीको हार टर्न सकेन। ४५ औं ओभरको तेस्रो बलमा मोहम्मद आमिरले बोल्ड आउट गर्नु अघि दनुष्काले १ सय ३४ बलमा १६ चौका र १ छक्का प्रहार गरे । उनको यो ओडीआई करिअरको दोस्रो शतक हो ।
त्यस्तै विकेटकिपर मिनोद भनुका र कप्तान लाहिरु थिरिमानेले समान ३६ रन जोडे । एन्जिलो परेरा १३,अभिष्का फ्रर्नान्डो ४,शेहान जयसूर्या ३ रनमा आउट भए । तल्लोक्रममा दासुन शनाकाले २४ बलमा ५ चौका र २ छक्का सहित ४३ रनमा क्याच आउट भए ।
पाकिस्तानका लागि तीब्र गतिका बलर मोहम्मद आमिरले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । उस्मान शिनवारी,सादब खान,वहाब रियाज र मोहम्मद नवाजको नाममा समान १ विकेट रह्यो ।
यस अघि पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । दोस्रो खेलमा पाकिस्तान ६७ रनले विजयी भएको थियो । पाकिस्तान र श्रीलंकाबीच थप तीन टि ट्वान्टी सिरिज हुने छ । पहिलो टि ट्वीन्टी शनिबार हुने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]