6 years ago
October 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मालाई पत्नी शोक परेको छ ।
शर्माको पत्नी इश्वरी शर्माको ६७ वर्षको उमेरमा आफ्नै निवास काठमाडौं १६ कालधारा ठमेलमा बिहीबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनकै आज पशुपति आर्यघाटमा अन्त्योष्टि गरिनेछ ।
उनको पार्थिव शरीरमा राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल, १३औं सागको बन्द प्रशिक्षणमा रहेका भलिबल खेलाडीहरु तथा संघका पदाधिकारीहरुले पशुपति आर्यघाटमा श्रद्धान्जली दिएका छन् । उनको एक छोरा र एक छोरी छन् ।
गत साउनमा मात्रै अध्यक्ष शर्माको आमाको १०२ वर्षको उमेरमा निधन भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]