default_image

3 years ago

October 24, 2021

कोहलीको अर्धशतक, पाकिस्तानलाई मध्यम लक्ष्य

एजेन्सी – कप्तान विराट कोहलीको अर्धशतकमा भारतले आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानलाई १ सय ५२ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । भारतका कप्तान विराट कोहलीले ४९ बलमा ५ […]

63 views

0 Bookmark

एजेन्सी – कप्तान विराट कोहलीको अर्धशतकमा भारतले आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानलाई १ सय ५२ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनायो ।


भारतका कप्तान विराट कोहलीले ४९ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५७ रन बनाए । कोहलीले ४५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । टि२० विश्वकपमा कोहलीको यो १० औं अर्धशतक हो । कोहलीको टि२० आई करिअरको २९ औं अर्धशतक हो ।

युवा तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरको चौथो बलमा ओपनर रोहित शर्मालाई शून्यमा एलबीडब्लू आउट गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाएका थिए । रोहित आफूले सामना गरेको पहिलो बलमै अर्थात गोल्डेन डक आउट भएका थिए । अफ्रिदीलेनै तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर लोकेश राहुल (केएल) लाई ३ रनमा बोल्ड आउट गरेपछि पाकिस्तानले सानदार सुरुवात गरेको थियो ।

अर्का तीव्र गतिका बलर हसन अलीले छैटौं ओभरको चौथो बलमा सूर्यकुमार यादवलाई मोहम्मद रिजवानबाट ११ रनमा क्याच आउट भएपछि भारत ३१–३ को कमजोर अवस्थामा पुगेको थियो । सूर्य एज लागेर आउट हुन पुगेका थिए । खराब सुरुवात गरेको भारतलाई चौथो विकेटका लागि ऋषभ पन्त र विराट कोहलीले ४० बलमा ५३ रनको साझेदारी गर्दै इनिङलाई अगाडि बढाएका थिए ।


स्पिनर शादब खानले १३ औं ओभरको दोस्रो बलमा पन्तलाई ३९ रनमा कट एण्ड बोल्ड आउट गर्दै साझेदारी तोडे । ठूलो सट खेलेका पन्त टप एज लागेर कट एण्ड बोल्ड आउट भएका थिए । पन्तले ३० बलमा २ चौका र २ छक्का प्रहार गरे ।


रविन्द्र जडेजाले १३ बलमा १ चौका सहित १३ रनमा क्याच आउट भए । हार्दिक पान्ड्या ८ बलमा २ चौका सहित १२ रनमा आउट भए । अफ्रिदीको बलमा कोहली रिजवानबाट क्याच आउट हुन पुगेका थिए ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ४ ओभरमा ३१ रन खर्चेर प्रमुख ३ विकेट लिए । हसन अलीले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । हरिस रौफ र शादब खानले १-१ विकेट लिए ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.