4 years ago
December 15, 2021
(हाम्रो खेलकुद) – जैशीदेवल युथ क्लबको आयोजनामा बागमती प्रदेशस्तरीय दोश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष राजेश प्रजापतिले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ग्योरोगीको पुरुष-महिलामा समान ८–८ गरी १६ स्पर्धामा भिडन्त हुने छ ।
पुम्सेतर्फ पुरुष÷महिलामा ४ स्पर्धामा खेल हुने छ । प्रतियोगितामा आयोजकको २ सहित २० टिमका ४ सय खेलाडीको सहभागिता रहने क्लबका सदस्यसमेत रहेका प्रचार प्रसार समितिका संयोजक राजेन्द्र मानन्धरले जानकारी गराए ।
मुख्य प्रायोजक काठमाडौं महानगरपालिकाले प्रतियोगितका लागि ४ लाख बजेट उपलब्ध गराउने भएको छ । नगद पुरस्कार बाहेक प्रतियोगिताको अनुमानित बजेट १२ लाख रुपैयाँ रहेको छ । पुरुष-महिला उत्कृष्ट फाइटरले १ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने छन् ।
त्यस्तै उत्कृष्ट पुरुष-महिला पुम्से खेलाडी, उत्कृष्ट पुरुष-महिला निर्णायक र उत्कृष्ट प्रशिक्षकलाई जनही १ सय अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने छ । यो विधाको पुरस्कार अमेरिकामा बस्दै आएका सुधोधनमान रन्जित र रिता श्रेष्ठ रन्जितले प्रायोजन गर्ने भएका छन् ।
त्यस्तै हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः २ हजार, १ हजार ५ सय र समान १-१ हजार नगद पुरस्कार दिइने छ । सो पुरस्कारको राशी अमेरिकामै बस्ने नवीन शाक्य र प्रनिता श्रेष्ठ शाक्यले उपलब्ध गराउने छन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छ ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]