4 years ago
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागिय टोली नेपाल पुलिस क्लबका साजन मोक्तान र एपिएफका वीरबहादुर तामाङबीच प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ५० केजी तौल समूहको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार साजनले सुदूरपश्चिम प्रदेशका टपेन्द्र ठकुराठीलाई ८–० ले नकआउट गरेका थिए । त्यस्तै अर्को सेमिफाइनलमा बागमती प्रदेशका अनिल उपकोटीसँग ५–५ को बराबरीपछि पहिलो अंक जोडेका आधारमा वीरबहादुर विजयी भएका थिए ।
त्यसअघि साजनले पहिलो खेलमा गण्डकी प्रदेशका बुद्ध लामालाई ५–४ ले र क्वार्टरफाइनलमा लुम्बिनीका मनोज पुन मगरलाई ९–१ पराजित गरेका थिए । वीरबहादुरले क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबका विजय रिमाललाई १० –६ ले हराएका थिए । सो समूहमा टपेन्द्र र अनिलले कास्य पदक प्राप्त गरेका छन् ।
प्रतियोगितामा अब तीन वटा इभेन्टको फाइनल खेल मात्र बाँकी रहेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता नविन रसाइली र एपिएफ सुवास घताने ६७ केजी तौल समूहको फाइनलमा पुगेका छन् । महिला ६१ केजी तौल समूहमा एपिएफकी इस्तर राई र त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठ फाइनल प्रवेश गरेका छन् । शनिबारको पहिलो खेलमा एपिएफका विजय श्रेष्ठले पुरुष ४४ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । विजयले बागमती प्रदेशका सुबिन खत्रीलाई ५–२ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।
अहिले सम्म १७ मध्ये १४ स्वर्ण पदकको छिनोफानो भइसकेको छ । जसमा पुलिसले सर्वाधिक ६, आर्मी र एपिएफले समान ३ तथा प्रदेश १ र बागमती प्रदेशले समान १ स्वर्ण पदक जितेका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ । प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ ।
महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका,बागमती गाउँपालिका र क्लासिक डायमण्ड सहयोगकी रुपमा रहेका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुँदैछ ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]