4 years ago
April 30, 2022
काठमाडौं (हाम्रो खेललकुद)– १३ औं दक्षिण एसियाली खेलकुदमा करातेतर्फ स्वर्ण पदक जित्नेसहित ३२ खेलाडी १९ औं एसियाली खेलकुद (एसियाड) को बन्द प्रशिक्षणका लागि छनोट भएका छन् ।
लैनचौरस्थित टेबलटेनिस हालमा शनिबार सम्पन्न छनोटमा ८ इभेन्ट्समा सेमिफाइनल पुग्ने समान ४ खेलाडी एसियाडको बन्द प्रशिक्षणका लागि छनोट भएका हुन् । जसमा महिला र पुरुषतर्फ एकल काता र कुमुतेका ३ इभेन्ट्स रहेका थिए ।
१३ औं सागका कुमुतेतर्फका स्वर्ण पदक विजेताा विप्लभलाल श्रेष्ठ, नवीन रसाइली, सुनिता महर्जन, अनुपमा मगर, कुसुम खड्कालगायतका खेलाडी एसियाडका लागि छनोट भएका हुन् । छनोटमा ८४ केजी मुनी र माथीको तौल समूहमा विप्लभले, ७५ केजी मुनीमा नविन विजयी भए ।
सुनिता महर्जन, कुसुम भने फाइनलमा पराजित भए । अहिले छनोट भएका ३२ खेलाडी एसियाडको लामो सुचीमा पर्नेछन् । बन्द प्रशिक्षकपछि हरेक समूहका समान १ खेलाडी एसियाडका लागि अन्तिम छनोटमा पर्नेछन् । एसियाडको करातेमा नेपालले पुरुष र महिलातर्फ समान ४ इभेन्ट्समा भाग लिने बताइएको छ ।
१९औं एसियन (एसियाड) गेम्स करातेबाट बन्द प्रशिक्षणमा छनोट भएका खेलाडीहरु
महिला
एकल काता – निर्मला तामाङ (पुलिस), चञ्चल दनुवार (पुलिस), सरु कार्की (पुलिस) र संगिता मगर (गण्डकी)
४५-५० केजी – सविना श्रेष्ठ(पुलिस), कुसुम खड्का (आर्मी), पर्सिया चौधरी (मधेश) र मिस्ली श्रेष्ठ (आर्मी)
५५–६१ केजी – सोनी राई (पुलिस), एस्तर राई (एपीएफ), अर्मिला डिसी (पुलिस) र रोजिता ढुंगेल –बागमती)
६८ केजी माथि – सनी तामाङ (आर्मी), सुनिता महर्जन (पुलिस), विनिता श्रेष्ठ (बागमती), अनुपमा मगर (एपिएफ)
पुरुष
एकल काता – स्वर्णिम मानन्धर (एपीएफ) प्रवीण मानन्धर (आर्मी), महशुस मोक्तान पुलिस र यानुज महर्जन (बागमती)
६० केजी – विजय श्रेष्ठ (एपीएफ), सोनाम लामा (पुलिस), सन्तोष श्रेष्ठ (बागमती) र साजन मोक्तान (पुलिस)
७५ केजी मुनि –नवीन रसाइली (पुलिस), गंगाराम कुसवहा (पुलिस), ईश्वर धन राई (प्रदेश १) र प्रदीप घर्तीमगर (मधेश प्रदेश)
८४ केजी मुनि र माथि – विप्लव लाल श्रेष्ठ (पुलिस), आशिष थापा (बागमती), रोजन खड्का (प्रदेश १) र विपिनराज सिंह दर्जी (आर्मी)
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]