3 years ago
July 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले थाइल्यान्डमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिप भाग लिने भएका छन् ।

बैंककमा साउन १ गते देखि ७ गते सम्म हुने प्रतियोगितामा क्याडेटमा र जुनियरमा समान २ गरि ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । क्याडेट/जुनियरमा समान १ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । टोली ४ खेलाडीसहित ८ सदस्यीय रहेको छ ।
जुनियरको पुरुष ६० केजीमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले चुनौती प्रस्तुत गर्नेछन् । घरेलु प्रतियोगितामा चारै खेलाडीले बन्दी सहायता नियोग (पाम) बाट खेल्दै आएका छन् । देवकी र निशा दिदीबहिनी हुन् ।
टोली प्रमुखमा नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य रहेका छन् । बज्राचार्य जुडो युनियन अफ एसिया (जेयुए) का एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य हुन् । टोलीका् प्रशिक्षकमा दीपक श्रेष्ठ र व्यवस्थापकमा दावा ग्याल्जेन शेर्पा छन् । जुडो संघका खेलकुद निर्देशक सुप्रसिद्द ताम्राकार पनि टोलीसंग बैंकक जाने छन् । टोली शुक्रबारै थाइल्यान्ड प्रस्थान गर्दैछ ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक हिमालराज दाहालले टोलीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे । सदस्य सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ प्रदर्शन गर्न खेलाडीको शुभकामना दिए ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]