default_image

2 years ago

February 1, 2023

विश्वकै उत्कृष्ट उसु खेलाडीमा ३ नेपाली मनोनित

476 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका दुई खेलाडीसहित ३ खेलाडी अन्तर्राष्ट्रिय उसु महासंघको २०२२ आईडब्लूयूएफ एथलिट अफ द एयरको विभिन्न विधाको मनोनयमा परेका छन् । १३ औं सागका स्वर्ण पदक विजेता दीपक हमाल, जुनी राई र एलिस मारिक अलग अलग विधाको मनोनयमा परेका हुन् ।

तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं सागमा स्वर्ण जितेका दीपक उसुको थाउलो एथलिट अफ द एयरको मनोनयमा परेका हुन् । न्यूजिल्यान्ड, इजिप्ट, चिनलगायतका १० खेलाडी सो विधाको मनोनयमा परेका छन् ।

त्यस्तै १३ औं सागकी स्वर्ण पदक विजेता जुनी उसुको सान्डातर्फ एथलिट अफ द एयरको मनोनयमा परेकी हुन् । जुनीसहित भारत, चीन, फ्रान्स र हङकङका खेलाडी सो विधामा मनोनयमा परेका छन् ।

गत डिसेम्बरमा इन्डोनेसियामा जुनियर च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका एलिस उसुको थाउलोतर्फ राइजिङ स्टार अफ द एयरको मनोयनमा परेको आइडब्लूयूएफको वेभसाइडमा उल्लेख गरिएको छ । एलिससँगै सो विधामा न्यूजिल्यान्ड, चीन, इटाली, फ्रान्स र दक्षिण कोरियाका खेलाडी मनोनयमा परेका छन् ।

उसुको अन्तर्राष्ट्रिय महासंघको उत्कृष्ट खेलाडीको मनोनयनमा पर्नु गौरवको विषय भएको कर्णाली प्रदेश सुर्खेतका दीपकले बताए । ‘नेपालमा पनि उसु खेलिन्छ भन्ने सन्देश दिन यो मनोनयनले मद्दत पुगेको छ’, उनले भने, ‘देशलाई चिनाउनका लागि आफू पनि त्यसको एउटा हिस्सा हुन पाउँदा खुसी लाग्छ । यसले अझै राम्रो गर्न प्रेरणा मिलेको छ ।’

जुनी नेपाल पुलिस क्लब र एलिस प्रदेश १ बाट राष्ट्रिय प्रतियोगिता खेल्नेछन् । आईडब्लूयूएफको वेबसाइटमा गएर फेब्रुअरी १८ सम्म उनीहरुलाई भोट गर्न सकिन्छ । मत दिन यहाँ थिच्नुहोस

September 10, 2024

खेलकुद मन्त्रीको हस्तक्षेपमा संगिनाको अपमान भएको पूर्व मन्त्री श्रेष्ठको आरोप

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगिना वैद्यलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी नदिएकोमा पूर्व युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले सरकारको चर्को आलोचना गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले मंगलवार शुन्य समयमा बोल्दै राखेपको निर्देशक पदको बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिनु गम्भीर र लज्जास्पद विषय बताए ।   […]

September 8, 2024

कम्ब्याट तेक्वान्दोको नेपाल संयोजकमा थापा

काठमाडौं (हाम्रो खेलकुद) – कम्ब्याट तेक्वान्दो नेपालको संयोजकमा एकनाथ थापा चयन भएका छन् । कम्ब्याट तेक्वान्दोका संस्थापक अध्यक्ष रिक शिनले थापालाई संघको नेपाल संयोजकको जिम्मेवारी दिएको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए । सन् २०२३ मा अमेरिकामा स्थापना भएको यो तेक्वान्दो हाल १ सय १० भन्दा बढी देशमा विस्तार भएको अमेरिका कम्ब्याट तेक्वान्दोका अध्यक्ष समेत रहेका […]

September 8, 2024

पलेशासहितको टोलीलाई कांग्रेसको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली‌ कांग्रेसले पेरिस पारालिम्पिक- २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा आइतवार आयोजित कार्यक्रममा कांग्रेसले सम्मान गरेको हो। कांग्रेसका सभापति शेरबहादुर देउवाले पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामालाई र खेलाडी भरत सिंह महतालाई नगदसहित सम्मान गरेका हुन्। पलेशालाई ५ लाख, […]

Success

Thank you for your time.