default_image

3 years ago

February 9, 2023

पुलिसकी चन्चलाले जितिन् स्वर्ण

555 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक विजेता नेपाल पुलिस क्लबकी चन्चला दनुवारले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा स्वर्ण पदक जितेकी छन् ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो दिन बिहीबार चन्चलाले फाइनलमा कर्णाली प्रदेशकी एलिशा रासकोटी मगरलाई पराजित गर्दै चन्चला पहिलो भएकी थिइन् । फाइनलमा चन्चलाले २४.५० अंक र रजत पदक प्राप्त गरेकी एलिशाले २३.६८ अंक जाडेकी थिइन् ।

बागमती प्रदेशकी मिरा खाती र प्रदेश १ की रोश्माले कास्य पदक जिते । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा मिरा (२३.२० अंक) ले गण्डकी प्रदेशकी विमला नेपाली (२२.८६ अंक) र रोश्मा (२३.२० अंक) ले त्रिभुवन आर्मी क्लबकी रिना श्रेष्ठ (२३.१४ अंक) लाई पराजित गरेकी थिइन् । यो इभेन्टमा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

आज पहिलो इभेन्टमा एपिएफका सोनिम मानन्धरले पुरुष एकल कातामा स्वर्ण पदक जितेका छन् । सोनिम (२४.८० अंक) ले फाइनलमा पुलिसका महसुस मुक्तान(२४.४२ अंक) लाई हराएका थिए । बागमती प्रदेशका रेहान जाभेद र त्रिभुवन आर्मी क्लबका विनय लिम्बुले कास्य पदक जिते ।

गोदावारी नगरपालिकाद्धारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गर्ने राष्ट्रिय कराते प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । माघ २८ गतेसम्म चलने प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । पहिलो दिन महिला र पुरुष एकल र टिम काता तथा कुमुतेका दुई प्रतिस्पर्धा हुनेछन् ।

हरेक इभेन्टमा पहिलो हुने प्रत्येक खेलाडीहरुलाई स्वर्ण पदक सहित स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछ र दोश्रो र तेश्रो हुनेहरुले पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

Success

Thank you for your time.