3 years ago
February 10, 2023
ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका साजन मोक्तानले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ५० केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबारको पहिलो इभेन्टमा बागमती प्रदेशका सिमोन श्रेष्ठलाई हराउँदै साजनले स्वर्ण पदक जितेका हुन् । साजनले फाइनलमा ६–४ अंकका जित निकालेका थिए ।त्यसअघि सेमिफाइनलमा सन्जयले प्रदेश १ का विशाल राईललाई ८–० ले सिमोनले त्रिभुवन आर्मी क्लबका विजय रिमाललाई २–० ले हराउँदै फाइनल भेट पक्का गरेका थिए । विशाल र विजयले कास्य पदक प्राप्त गरेका छन् । यो इभेन्ट्मा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा पुलिसको यो चौथो स्वर्ण पदक हो । बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो दिन ५ स्वर्ण पदकको छिनोफानो हुँदा पुलिसले ३ स्वर्ण र एपिएफले २ स्वर्ण पदक जितेको थियो । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगिता शनिबार सम्म चल्नेछ ।

प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । हरेक इभेन्टको स्वर्ण पदक जित्ने खेलाडीले स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पदक
महिला एकल काता
स्वर्ण – चन्चला दनुवार (नेपाल पुलिस क्लब)
रजत – एलिशा रासकोटी मगर (कर्णाली)
कास्य – मिरा खाती (बागमती), रोश्मा राई (प्रदेश १)
महिला टिम काता
स्वर्ण – पुलिस
रजत – त्रिभुवन आर्मी क्लब
कास्य – एपिएफ र बागमती
पुरुष एकल काता
स्वर्ण – सोनिम मानन्धर (एपिएफ क्लब )
रजत – महसुस मोक्तान (पुलिस)
कास्य – रेहान जाभेद (बागमती), विनय लिम्बु ( त्रिभुवन आर्मी क्लब)
पुरुष टिम काता
स्वर्ण – एपिएफ
रजत – पुलिस
कास्य – आर्मी र प्रदेश १
कुमुते महिला
४५ केजी तौल समूह
स्वर्ण – पुष्पका लामा (पुलिस)
रजत – ममता महर्जन (आर्मी)
कास्य – दीपा लामा (एपिएफ), प्रतिमा राई (प्रदेश १)
कुमुते पुरुष
५० केजी तौल समूह
स्वर्ण – साजन मोक्तान (पुलिस)
रजत – सिमोन श्रेष्ठ (बागमती)
कास्य – विशाल राई (प्रदेश १) र विजय रिमाल (आर्मी)
-५० केजी तौल समूहमा स्वर्ण पदक जित्ने खेलाडीको साजन मोक्तान हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ ।सम्पादक
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]