default_image

3 years ago

February 10, 2023

पुलिसलाई पाँचौं स्वर्ण, एरिका विजयी

375 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लबले अर्को स्वर्ण पदक जितेको छ । पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबारको दोस्रो इभेन्टमा इभेन्टको फाइनलमा त्रिभुवन आर्मी क्लबकी विभुषा थापालाई ३–० ले हराउँदै एरिकाले स्वर्ण पदक जितेकी हुन् ।

त्यसअघि एरिकाले एपिएफकी रोजिता ढुंगेललाई ५–० र विभुषाले बागमती प्रदेशकी महिमा राईलाई ४–३ ले पराजित गर्दै फाइनल भेट पक्का गरेका थिए । रोजिता र महिमाले कास्य पदक प्राप्त गरेका छन् । यो इभेन्टमा ९ खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

यसअघि दिनको पहिलो इभेन्टमा पुलिसका साजन मोक्तानले कुमुते पुरुष ५० केजीमा स्वर्ण पदक जितेका थिए । त्यसमा बागमतीका सिमोन श्रेष्ठले रजत तथा प्रदेश १ का विशाल राई र आर्मीका विजय रिमालले कास्य पदक प्राप्त गरे ।

प्रतियोगितामा ७ स्वर्ण पदकको टुंगो लाग्दा पुलिसले सर्वाधिक ५ तथा एपिएफ क्लबले २ वटा जितेको छ । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगिता शनिबार सम्म चल्नेछ ।

प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । हरेक इभेन्टको स्वर्ण पदक जित्ने खेलाडीले स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् ।प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पदक

महिला एकल काता

स्वर्ण – चन्चला दनुवार (नेपाल पुलिस क्लब)

रजत – एलिशा रासकोटी मगर (कर्णाली)

कास्य – मिरा खाती (बागमती), रोश्मा राई (प्रदेश १)

महिला टिम काता

स्वर्ण – पुलिस

रजत – त्रिभुवन आर्मी क्लब

कास्य – एपिएफ र बागमती

पुरुष एकल काता

स्वर्ण – सोनिम मानन्धर (एपिएफ क्लब )

रजत – महसुस मोक्तान (पुलिस)

कास्य – रेहान जाभेद (बागमती), विनय लिम्बु ( त्रिभुवन आर्मी क्लब)

पुरुष टिम काता

स्वर्ण – एपिएफ

रजत – पुलिस

कास्य – आर्मी र प्रदेश १

कुमुते महिला

४५ केजी तौल समूह

स्वर्ण – पुष्पका लामा (पुलिस)

रजत – ममता महर्जन (आर्मी)

कास्य – दीपा लामा (एपिएफ), प्रतिमा राई (प्रदेश १)

६८ केजी माथिको तौल समूह

स्वर्ण – एरिका गुरुङ (पुलिस)

रजत – विभुषा थापा (आर्मी)

कास्य – महिमा राई (बागमती) र रोजिता ढुंगेल (एपिएफ)

कुमुते पुरुष

५० केजी तौल समूह

स्वर्ण – साजन मोक्तान (पुलिस)

रजत – सिमोन श्रेष्ठ (बागमती)

कास्य – विशाल राई (प्रदेश १) र विजय रिमाल (आर्मी)

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.