default_image

7 months ago

February 11, 2023

सागकी स्वर्ण पदक विजेता सुनिताको जित

ललितपुर (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद( सागकी ) स्वर्ण पदक विजेता नेपाल पुलिस क्लबकी सुनिता महर्जनले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिताको ६८ केजी मुनीको तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । प्रतियोगितामा पुलिसको यो नवौं स्वर्ण पदक हो । ललितपुुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा शनिबार भएको प्रतियोगिताको अन्तिम दिन शनिबार भएको पहिलो […]

32 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद( सागकी ) स्वर्ण पदक विजेता नेपाल पुलिस क्लबकी सुनिता महर्जनले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिताको ६८ केजी मुनीको तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । प्रतियोगितामा पुलिसको यो नवौं स्वर्ण पदक हो ।

ललितपुुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा शनिबार भएको प्रतियोगिताको अन्तिम दिन शनिबार भएको पहिलो फाइनलमा बागमती प्रदेशकी विनिता श्रेष्ठलाई ९–१ ले हराउँदै सुनिताले स्वर्ण पदक जितेकी हुन् ।

त्यसअघि सेमिफाइनलमा सुनिताले एपिएफकी डाएनलाई ५–३ र विनिताले मधेश प्रदेशकी मोनिकालाई ८–० ले हराउँदै फाइनल भेट पक्का गरेका थिए । डाएना र मोनिकाले कास्य पदक प्राप्त गरेको इभेन्टमा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा १७ मध्ये १३ वटा स्वर्ण पदकको छिनोफानो भइसकेको छ । जसमध्ये पुलिसले सर्वाधिक ९, एपिएफले ३ र आर्मीले एउटा स्वर्ण पदक जितेको छ । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगिता आज सम्पन्न हुनेछ ।


हरेक इभेन्टको स्वर्ण पदक जित्ने खेलाडीले स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पदक

महिला एकल काता

स्वर्ण – चन्चला दनुवार (नेपाल पुलिस क्लब)

रजत – एलिशा रासकोटी मगर (कर्णाली)

कास्य – मिरा खाती (बागमती), रोश्मा राई (प्रदेश १)

महिला टिम काता

स्वर्ण – पुलिस

रजत – त्रिभुवन आर्मी क्लब

कास्य – एपिएफ र बागमती

पुरुष एकल काता

स्वर्ण – सोनिम मानन्धर (एपिएफ क्लब )

रजत – महसुस मोक्तान (पुलिस)

कास्य – रेहान जाभेद (बागमती), विनय लिम्बु ( त्रिभुवन आर्मी क्लब)

पुरुष टिम काता

स्वर्ण – एपिएफ

रजत – पुलिस

कास्य – आर्मी र प्रदेश १

कुमुते महिला

४५ केजी तौल समूह

स्वर्ण – पुष्पका लामा (पुलिस)

रजत – ममता महर्जन (आर्मी)

कास्य – दीपा लामा (एपिएफ), प्रतिमा राई (प्रदेश १)

५० केजी तौल समूह

स्वर्ण – मिस्ली श्रेष्ठ (आर्मी)

रजत – गरिमा मल्ल (सुदूरपश्चिम)

कास्य – सविना श्रेष्ठ (पुलिस) र सोनु श्रेष्ठ (बागमती)

६१ केजी तौल समूह

स्वर्ण – सोनी राई (पुलिस)

रजत – रमिता माझी (एपिएफ)

कास्य – खुस्बु खड्का (मधेश) र सानुमाया थिङ (आर्मी)

६८ केजी मुनीको तौल समूह

स्वर्ण – सुनिता महर्जन (पुलिस)

रजत –विनिता श्रेष्ठ (बागमती)

कास्य – डाएना ओझा (एपिएफ) र मोनिका मगर (मधेश)

६८ केजी माथिको तौल समूह

स्वर्ण – एरिका गुरुङ (पुलिस)

रजत – विभुषा थापा (आर्मी)

कास्य – महिमा राई (बागमती) र रोजिता ढुंगेल (एपिएफ)

कुमुते पुरुष

५० केजी तौल समूह

स्वर्ण – साजन मोक्तान (पुलिस)

रजत – सिमोन श्रेष्ठ (बागमती)

कास्य – विशाल राई (प्रदेश १) र विजय रिमाल (आर्मी)

५५ केजी तौल समूह

स्वर्ण – सोनम लामा (पुलिस)

रजत – सुविन खत्री (एपिएफ)

कास्य – राम बिसी (सुदूरपश्चिम) र अंकित गुरुङ (गण्डकी)

६० केजी तौल समूह

स्वर्ण – मीनबहाुर तामाङ (एपिएफ)
रजत – किर्तन महर्जन (आर्मी)
कास्य – यामबहादुर समाल (लुम्बिनी) र सक्षम लामा (गण्डकी)

८४ केजी माथिको तौल समूह

स्वर्ण – विप्लवलाल श्रेष्ठ (पुलिस)

रजत – तेन्जिङ शेर्पा (एपिएफ)

कास्य – नारायण गुरङ (लुम्बिनी) र विपिनराज सिंह दर्जी (आर्मी)

September 15, 2023

भियतनाममा निश्चल र सुदिपले पदक जिते

सुनिल गाउँले, भियतनाम भियतनामको दा नाङमा सम्पन्न १९ औं आसिटिओ तेक्वान्दो च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले रजत पदक जितेका छन् । इन्टरनेशनल क्लब तेक्वान्दो अर्गनाइजेसनले आयोजना गरेको च्याम्पियनसिपमा नेपालका निश्चल धामी र सुदिप नेपालीले रजत पदक जितेका हुन् । निश्चलले ४८ केजी र सुदिपले ४५ केजी तौल समूहमा पदक जितेका हुन् । फाइनल भिडन्तमा निश्चल मलेसिया […]

September 15, 2023

रविन्द्रले रुसका डोंगाकलाई नकआउट गर्दै हराए

काठमाडौं (हाम्रो खेलकुद) – मिक्स मार्सल आर्ट्सका स्टार रविन्द्र ढाँटले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै वन फ्राइडे फाइट्समा जित हासिल गरेका छन् । शुक्रबार थाइल्याण्डको बैंककमा भएको वन फ्राइडे फाइट्स ३३ अन्तर्गत फ्लाईवेट डिभिजनमा २४ वर्षीय रविन्द्रले रुसका तोरेप्च्ची डोंगाकलाई तेस्रो राउण्डमा टेक्निकल नकआउटमा हराएका हुन् । व्यावसायिक फाइट करिअरको छैटौं खेलमा पनि जित हासिल […]

September 12, 2023

रविन्द्रले वन च्याम्पियनसिप खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – मिक्स मार्सल आर्ट्सका नेपाली स्टार रविन्द्र ढाँटले एसियाकै शीर्ष कम्ब्याट प्रतियोगता वन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । यहि शुक्रबार हुने वन फ्राइडे फाइट्स ३३ अन्तर्गत फ्लाईवेट डिभिजनमा २४ वर्षीय रविन्द्रले रुसका तोरेप्च्ची डोंगाकसँग खेल्ने भएका हुन् । गत महिना नेपालमै सम्पन्न नेपाल वारियार्स च्याम्पियनसिपको मेन इभेन्टमा भारतीय फाइटरलाई हराएका रविन्द्रले […]

Success

Thank you for your time.