3 years ago
February 11, 2023
ललितपुर (हाम्रो खेलकुद)– एपिएफका मोहमद शेखु आलमले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिताको ८५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा एपिएफको यो पाँचौं स्वर्ण पदक हो ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा गण्डकी प्रदेशका विशाल थापा मगरलाई ३–१ ले हराउँदै शेखुले स्वर्ण पदक जितेका हुन् । त्यसअघि सेमिफाइनलमा मोहमद शेखुुले पुलिसका स्वीकार राईलाई १२–४ र विशलले आर्मीका निकेश मानन्धरलाई १० –८ ले पराजित गर्दै फाइनलमा भेट पक्का गरेका थिए । स्वीकार र निकेशले कास्य जितेको इभेन्टमा ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा १७ मध्ये १६ वटा स्वर्ण पदकको छिनोफानो भइसकेको छ । जसमध्ये पुलिसले सर्वाधिक १०, एपिएफले ५ र आर्मीले एउटा स्वर्ण पद जितेको छ । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगिता आज सम्पन्न हुनेछ ।
हरेक इभेन्टको स्वर्ण पदक जित्ने खेलाडीले स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पदक
महिला एकल काता
स्वर्ण – चन्चला दनुवार (नेपाल पुलिस क्लब)
रजत – एलिशा रासकोटी मगर (कर्णाली)
कास्य – मिरा खाती (बागमती), रोश्मा राई (प्रदेश १)
महिला टिम काता
स्वर्ण – पुलिस
रजत – त्रिभुवन आर्मी क्लब
कास्य – एपिएफ र बागमती
पुरुष एकल काता
स्वर्ण – सोनिम मानन्धर (एपिएफ क्लब )
रजत – महसुस मोक्तान (पुलिस)
कास्य – रेहान जाभेद (बागमती), विनय लिम्बु ( त्रिभुवन आर्मी क्लब)
पुरुष टिम काता
स्वर्ण – एपिएफ
रजत – पुलिस
कास्य – आर्मी र प्रदेश १
कुमुते महिला
४५ केजी तौल समूह
स्वर्ण – पुष्पका लामा (पुलिस)
रजत – ममता महर्जन (आर्मी)
कास्य – दीपा लामा (एपिएफ), प्रतिमा राई (प्रदेश १)
५० केजी तौल समूह
स्वर्ण – मिस्ली श्रेष्ठ (आर्मी)
रजत – गरिमा मल्ल (सुदूरपश्चिम)
कास्य – सविना श्रेष्ठ (पुलिस) र सोनु श्रेष्ठ (बागमती)
५५ केजी तौल समूह
स्वर्ण –मनिषा चौधरी (एपिएफ)
रजत –बर्षा बुढा मगर (लुम्बिनी)
कास्य – सारदा सुनार (आर्मी) र विद्याकला राई (प्रदेश १)
६१ केजी तौल समूह
स्वर्ण – सोनी राई (पुलिस)
रजत – रमिता माझी (एपिएफ)
कास्य – खुस्बु खड्का (मधेश) र सानुमाया थिङ (आर्मी)
६८ केजी मुनीको तौल समूह
स्वर्ण – सुनिता महर्जन (पुलिस)
रजत –विनिता श्रेष्ठ (बागमती)
कास्य – डाएना ओझा (एपिएफ) र मोनिका मगर (मधेश)
६८ केजी माथिको तौल समूह
स्वर्ण – एरिका गुरुङ (पुलिस)
रजत – विभुषा थापा (आर्मी)
कास्य – महिमा राई (बागमती) र रोजिता ढुंगेल (एपिएफ)
कुमुते पुरुष
५० केजी तौल समूह
स्वर्ण – साजन मोक्तान (पुलिस)
रजत – सिमोन श्रेष्ठ (बागमती)
कास्य – विशाल राई (प्रदेश १) र विजय रिमाल (आर्मी)
५५ केजी तौल समूह
स्वर्ण – सोनम लामा (पुलिस)
रजत – सुविन खत्री (एपिएफ)
कास्य – राम बिसी (सुदूरपश्चिम) र अंकित गुरुङ (गण्डकी)
६० केजी तौल समूह
स्वर्ण – मीनबहाुर तामाङ (एपिएफ)
रजत – किर्तन महर्जन (आर्मी)
कास्य – यामबहादुर समाल (लुम्बिनी) र सक्षम लामा (गण्डकी)
६७ केजी तौल समूह
स्वर्ण – नविन रसाइली (पुलिस)
रजत – सन्नी चौलागाई (आर्मी)
कास्य – निमा शेर्पा (बागमती) र प्रतिक घर्तीमगर (एपिएफ)
८५ केजी मुनीको तौल समूह
स्वर्ण –मोहमद शेखुु आलम (एपिएफ)
रजत – विशाल थापा मगर (गण्डकी)
कास्य – निकेश मानन्धर (आर्मी) र स्वीकार राई (पुलिस)
८४ केजी माथिको तौल समूह
स्वर्ण – विप्लवलाल श्रेष्ठ (पुलिस)
रजत – तेन्जिङ शेर्पा (एपिएफ)
कास्य – नारायण गुरङ (लुम्बिनी) र विपिनराज सिंह दर्जी (आर्मी)
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]