default_image

1 year ago

February 11, 2023

सुवाशले एपिएफका लागि जिते छैटौं स्वर्ण

189 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– एपिएफका सुुवाश घतानीले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा एपिएफको यो छैटौं स्वर्ण पदक हो ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको पाँचौं तथा अन्तिम दिनको शनिबार भएको अन्तिम इभेन्टको फाइनलमा गण्डकी प्रदेशका सजोल बुढाथोकीलाई ६–४ ले हराउँदै सुवाशले स्वर्ण पदक जितेका हुन् । त्यसअघि सुुवाशले प्रदेश १ का रुरिहाङ धामीलाई ७–४ ले र सजोलले पुलिसका आकाश मण्डलाई पराजित गर्दै फाइनल भेट पक्का गरेका थिए । रुरिहाङ र आकाशले कास्य पदक प्राप्त गरेको इभेन्टमा १० खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा १७ इभेन्ट्समध्ये नेपाल पुलिस क्लबले सर्वाधिक १०, एपिएफले ६ र आर्मीले एउटा स्वर्ण पद जितेको छ । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको छ ।

हरेक इभेन्टको स्वर्ण पदक जित्ने खेलाडीले स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गरेका छन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका थिए ।

दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पदक

महिला एकल काता

स्वर्ण – चन्चला दनुवार (नेपाल पुलिस क्लब)

रजत – एलिशा रासकोटी मगर (कर्णाली)

कास्य – मिरा खाती (बागमती), रोश्मा राई (प्रदेश १)

महिला टिम काता

स्वर्ण – पुलिस

रजत – त्रिभुवन आर्मी क्लब

कास्य – एपिएफ र बागमती

पुरुष एकल काता

स्वर्ण – सोनिम मानन्धर (एपिएफ क्लब )

रजत – महसुस मोक्तान (पुलिस)

कास्य – रेहान जाभेद (बागमती), विनय लिम्बु ( त्रिभुवन आर्मी क्लब)

पुरुष टिम काता

स्वर्ण – एपिएफ

रजत – पुलिस

कास्य – आर्मी र प्रदेश १

कुमुते महिला

४५ केजी तौल समूह

स्वर्ण – पुष्पका लामा (पुलिस)

रजत – ममता महर्जन (आर्मी)

कास्य – दीपा लामा (एपिएफ), प्रतिमा राई (प्रदेश १)

५० केजी तौल समूह

स्वर्ण – मिस्ली श्रेष्ठ (आर्मी)

रजत – गरिमा मल्ल (सुदूरपश्चिम)

कास्य – सविना श्रेष्ठ (पुलिस) र सोनु श्रेष्ठ (बागमती)

५५ केजी तौल समूह

स्वर्ण –मनिषा चौधरी (एपिएफ)

रजत –बर्षा बुढा मगर (लुम्बिनी)

कास्य – सारदा सुनार (आर्मी) र विद्याकला राई (प्रदेश १)

६१ केजी तौल समूह

स्वर्ण – सोनी राई (पुलिस)

रजत – रमिता माझी (एपिएफ)

कास्य – खुस्बु खड्का (मधेश) र सानुमाया थिङ (आर्मी)

६८ केजी मुनीको तौल समूह

स्वर्ण – सुनिता महर्जन (पुलिस)

रजत –विनिता श्रेष्ठ (बागमती)

कास्य – डाएना ओझा (एपिएफ) र मोनिका मगर (मधेश)

६८ केजी माथिको तौल समूह

स्वर्ण – एरिका गुरुङ (पुलिस)

रजत – विभुषा थापा (आर्मी)

कास्य – महिमा राई (बागमती) र रोजिता ढुंगेल (एपिएफ)

कुमुते पुरुष

५० केजी तौल समूह

स्वर्ण – साजन मोक्तान (पुलिस)

रजत – सिमोन श्रेष्ठ (बागमती)

कास्य – विशाल राई (प्रदेश १) र विजय रिमाल (आर्मी)

५५ केजी तौल समूह

स्वर्ण – सोनम लामा (पुलिस)

रजत – सुविन खत्री (एपिएफ)

कास्य – राम बिसी (सुदूरपश्चिम) र अंकित गुरुङ (गण्डकी)

६० केजी तौल समूह

स्वर्ण – मीनबहाुर तामाङ (एपिएफ)

रजत – किर्तन महर्जन (आर्मी)

कास्य – यामबहादुर समाल (लुम्बिनी) र सक्षम लामा (गण्डकी)

६७ केजी तौल समूह

स्वर्ण – नविन रसाइली (पुलिस)

रजत – सन्नी चौलागाई (आर्मी)

कास्य – निमा शेर्पा (बागमती) र प्रतिक घर्तीमगर (एपिएफ)

७५ केजी तौल समूह

स्वर्ण – सुवाश घतानी (एपिएफ)

रजत – सजोल बुुढाथोकी (गण्डकी)

कास्य –रुरिहाङ धामी (प्रदेश १) र आकाश मण्डल (पुलिस)

केजी मुनीको तौल समूह

स्वर्ण –मोहमद शेखुु आलम (एपिएफ)

रजत – विशाल थापा मगर (गण्डकी)

कास्य – निकेश मानन्धर (आर्मी) र स्वीकार राई (पुलिस)

८४ केजी माथिको तौल समूह

स्वर्ण – विप्लवलाल श्रेष्ठ (पुलिस)

रजत – तेन्जिङ शेर्पा (एपिएफ)

कास्य – नारायण गुरङ (लुम्बिनी) र विपिनराज सिंह दर्जी (आर्मी)

July 19, 2024

नेपाल दक्षिण एसियाली करातेमा टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली कराते टोली भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। ३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरि कुल ६२ पदक सहित नेपाली टोली टिम च्याम्पियन बनेको हो । भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोश्रो,श्रीलंका ५ स्वर्ण १८ रजत र ३१ कास्य […]

July 15, 2024

७० नेपाली कराते खेलाडीले भुटानमा चुनौती पेश गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली कराते च्याम्पियनसिपको आठौं संस्करणमा सहभागी हुन नेपाली कराते टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । साउन २ देखि ४ गतेसम्म हुने प्रतियोगितामा ७० नेपाली कराते खेलाडीले चुनौती प्रस्तुत गर्ने नेपाल कराते महासंघले जनाएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं कराते महासंघका […]

July 13, 2024

च्याम्पियन मार्सल आर्टस अनिल‌ सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन मार्सल आर्टसले आठौं क्याडेट, जुनियर, यु २१ तथा दक्षिण एसियाली कराते च्याम्पियनसिपमा छनोट भएका आफ्ना खेलाडी अनिल बरमलाई नगदसहित सम्मान गरेको छ। च्याम्पियनसिप भुटानको राजधानी थिम्पुमा जुलाई १३ देखि २० सम्म सन्चालन हुँदैछ ।अनिल यु २१ को ६७ केजी मुनीको तौल समूहका‌ लागि छनोट भएका हुन् । च्याम्पियन मार्सल आर्टसका सन्चालक […]

Success

Thank you for your time.