default_image

3 years ago

May 14, 2023

सृजना र कविराज नगदसहित सम्मानित

428 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी सृजना घिसिङ र प्रशिक्षक कविराज नेगी लामा आइतबार नगदसहित सम्मानित भएका छन् ।

नेपाल तेक्वान्दो संघले नव नियुक्त युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुलाई स्वागत तथा शुभकामना कार्यक्रमको अवसरमा पारा खेलाडी सृजना र प्रशिक्षक कविराजलाई नगदसहित सम्मानित गरेको हो ।

संघले खेलाडी सृजनालाई १ लाख रुपैया र प्रशिक्षक कविराजलाई २५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरेको हो । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले चेक तथा सम्मान पत्र प्रदान गरे ।

सृजनाले गत मंसिरमा साउदी अरेबियाको रियादमा भएको रियाद २०२२ वल्र्ड पारा तेक्वान्दो ग्राण्ड प्रिस फाइनल जि १० मा विश्व वरियतामा रहेका मेक्सिको, ब्राजिल र फाइनलमा टर्कीका खेलाडीलाई पराजित गर्दै नेपालका लागि ऐतिहासिक स्वर्ण प्रदक दिलाएकी थिइन् ।

उनको प्रशिक्षकमा कविराज थिए । यस्तै घिसिङले एसियाली युथ पारा खेलकुद २०२१ बहराईन र २०२२ इरानमा सम्पन्न भएको चौथौ डब्लुटि प्रेसिडेन्ट्स कप एशियन रिजनमा रजत पदक जितिसकेका छन् ।

सृजनासँगै पलेशा गोवर्धन, राम बहादुर अधिकारी, अमिर ब्लोन र लोकराज शाही चीनमा हुने हाङझाउ २०२२ एशियन पारा गेम्स र फ्रान्समा हुने पेरिस २०२४ पाराओलम्पिक गेम्सको लागि प्रशिक्षणमा रहेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी गराए । प्रशिक्षक नेगीले सन् २०१५ देखि नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिम सम्हाल्दै आएका छन् ।

उनी अन्तर्राष्ट्रिय अफिसियल प्रतियोगिताबाट नेपालको लागि कुल ८ वटा पदक हासिल गर्न सफल प्रशिक्षक हुन् । प्रशिक्षक लामाले पारा तेक्वान्दो खेलबाट हांग्जाउ २०२२ एशियन पारा गेम्स र पेरिस २०२४ पाराओलम्पिक गेम्सबाट पदकको ठुलो आशा गरेको जनाए ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.