2 years ago
August 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोको रााष्ट्रिय टोलीका ग्योरोगी खेलाडीले १९ औं एसियाली खेलकुदको अन्तिम तयारी थाइल्यान्डमा गर्ने भएको छ । अर्को महिना चीनको हाङझावमा हुने एसियाडको थप तयारीका लागि टोली मंगलबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ ।

९ खेलाडीसहित टोलीमा १२ सदस्य छन् । टोलीमा महिलामा खेलाडी अन्जली तामाङ (४९ केजी मुनि), आयशा लामा (५३ केजी मुनि), सन्ध्याकुमारी सिंह (५७ केजी मुनि) र इन्दिरा बस्नेत (६७ केजीमुनि) छन् ।
त्यस्तै पुरुष खेलाडीमा राहुल कुमाल (५८ केजी मुनि), गोविन्दबहादुर आले (६३ केजी मुनि), वीरबहादुर महरा (६८ केजी मुनि), अभिषेक बराल (८० केजी मुनि) र ज्याकी यादव (८० केजी माथि) छन् ।
प्रशिक्षकमा टीकाप्रसाद लिम्बू, कुमार लामा घिसिङ र ज्ञानी चुनारा (स्वयंसेवक) रहेका छन् । टोली थाइल्यान्डबाट भदौ ३१ गते स्वदेश फर्कने बताइएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप बोर्ड एवं कार्यकारी समितिकी सदस्य नन्दा बस्याल र राखेपका सदस्य मानदेव हजराले सोमबार विदाई ।
हाङझाव एसियाडको पुम्सेमा सहभागी हुने खेलाडी प्रेमबहादुर लिम्बू र स्वस्तिका तामाङ भने मलेसियामा वैदेशिक प्रशिक्षण पश्चात स्वदेश फर्किसकेको प्रशिक्षक लिम्बूले जानकारी गराए ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]