default_image

2 years ago

December 13, 2023

लामा दक्षिण एसियाली कराते महासंघको महासचिव चयन

1109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा दक्षिण एसियाली कराते महासंघको महासचिव चयन भएका छन्।

दक्षिण एसियाली महासंघका अध्यक्ष भारतीय भरत शर्माले महासंघको‌ कार्यसमितिलाई पूर्णता दिने क्रममा लामालाई महासंघको महासचिव मनोनयन गरेका हुन् ।

काठमाडौंमा सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप (मंसिर १६ र १७ गते) को‌ अघि भएको महासंघको कंग्रेसले शर्मालाई अध्यक्ष निर्वाचित गरेको थियो। शर्माले बुधबार महासंघको‌ कार्यसमितिलाई पूर्णता दिएका हुन्।

कार्यक्रम समितिको उपाध्यक्षमा भुटानका दावा लाहम, महासचिव लामा तथा सदस्यहरुमा पाकिस्तानका मोहम्मद जाहाकिर र बंगलादेशका मोहम्मद मजुम हुसेन रहेका छन् ।

नेपालको करातेको अन्तर्राष्ट्रिय सम्बन्ध लामो समयदेखि टुटेको स्मरण गर्दै भने, ‘ पछिल्लो समयमा हामीले एसियाली खेलकुद, डब्लुकेएफ च्याम्पियन्सिपको‌ सफलता तथा दक्षिण एसियाली कराते च्याम्पियनसिपको आयोजना र त्यसको सफलताले नेपाली करातेको राम्रो छवि बनेको छ । यसबाट फेरि नयाँ सुरुवात हुने आशा गर्न सकिन्छ ।’

कराते महासंघको दोहोरो अस्तित्व अन्त्य भएपछि फागुनमा महासंघको निर्वाचनले लामाको नेतृत्वमा कार्यसमितिको चयन गरेको थियो। असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) मा करातेकी एरिका गुरुङले रजत पदक जितेकी थिइन् । एसियाडमा नेपालले करातेमा त्यो सबै भन्दा ठूलो सफलता हो ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.