1 hour ago
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ।
टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो।
महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। मात्र ३६ रन जोड्दा ३ विकेट गुमायो। पहिलो ओभरको पाँचौं बलमा माज सदाकत ६ रनमा जेके स्मिथकप बलमा विकेट किपरद्वारा कट विहाइन्ड भए।
जनकपुरले ६ रन जोड्दा पहिलो र २६ रनमा दोस्रो विकेट गुमायो। ७ रन बनाएका अनिल शाह रुबेन ट्रम्पलम्यानद्वारा एलबिडब्लु धरापमा परे।
लगतै २० रन जोडेका टिमका मार्की खेलाडी आशिफ शेख शेर मल्लको बलमा रुबेनद्वारा क्याच आउट भए। यसपछि टोलीलाई गतिलो साझेदारी जरुरी थियो। जुन हुन सकेन्।
शुभ कंसाकार ११ रनमा शेरको बलमा बोल्ड आउट भए। ९.२ओभरमा ५३ रन मात्र जोड्दा ४ विकेट गुमाएको जनकपुरले संघर्ष गर्यो। १० ओभरमा ५७ रन बनायो।
त्यसपछि पनि लुम्बिनी निरन्तर अन्तरालमा विकेट निकाल्न सफल रहयो। १४ औं ओभरमा कप्तान रोहित पौडेलले दुई विकेट निकाले। १४ औं ओभरको दोस्रो बलमा १४ रन बनाएका सञ्जय कृष्णमुर्ती डार्सि सटद्वारा क्याच आउट भए।
लगत्तै अर्को बलमा जनकपुरका कप्तान लोफ्टी गोल्डेन डक आउट भए। ६ विकेट गुमाउँदा जनकपुरले ८३ रन मात्र जोड्न सक्यो। कडा संघर्ष गर्दै १५ ओभरमा जनकपुरले १ सय १ रन मात्र बनायो।
यसपछि मयांन यादव र संगिथ कोरेले सातौं विकेटको लागि सातौं विकेटको लागि अविजित ४९ रनको साझेदारी गरे। संगिथले ३८ बलमा २ चौका र १ छक्का अविजित ४५ रन बनाए। उनी जनकपुरको लागि सर्वाधिक रन बनाउने खेलाडी बने। मयांन अवजित २७ रनमा रहे। उनले २३ बलमा १ चौका र १ छक्का प्रहार गरे।
बलिङमा रोहित पौडेलले २ ओभर बलिङ गरेर १५ रन दिंदै २ विकेट लिए। यस्तै शेरले ४ ओभरमा २० दिएर २ विकेट आफ्नो नाममा लेखाए।
आजको खेल जिते लुम्बिनी प्ले अफमा पुग्नेछ। लुम्बिनीको हारमा चितवन, पोखरा र जनकपुरको प्ले अफ होड बाकी नै रहनेछ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]