2 years ago
December 18, 2023
काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रागिरि नगरपालिका-१० सतुगंल बोसिगाउँको धनबहादुर खेलकुद प्रतिष्ठानका खेलाडीले भारतको मुम्बईमा शनिबार भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा ११ स्वर्णसहित १५ पदक जितेका छन् ।

अस्मिता थापा मगर, अन्जली महर्जनले, एलिना थिङ र सन्दिप राईले काता र कुमितेमा दुबैमा स्वर्ण पदक जितेका छन्। ममता शाहशंकरले कातामा स्वर्ण र कुमितेमा कास्य पदक जितेकी छन् ।
राकेश मानन्धरले कुमितेमा स्वर्ण र कातामा कास्य पदक जितेका छन्।
प्रतियोगितामा भाग लिएका प्रतिष्ठानका ९ खेलाडीले नै पदक जितेका छन् ।
सुलभ श्रेष्ठले कातामा रजत पदक जिते। विजय कुमार पोदार कुमितेले कास्य पदक जितेको नेपाल कराते महासंघका सदस्य रवि महर्जनले जानकारी दिए ।
नेपाली महिला टोली कातामा च्याम्पियन बन्यो।
दोहोरो स्वर्ण पदक विजेता अस्मिता थापा मगरले सर्वोत्कृष्ट खेलाडी चुनिइन् । सिताराम लामा र सरोज लामा प्रशिक्षक रहेको टोलीको व्यवस्थापकमा गुञ्जन सिंह छन् ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]