2 years ago
December 19, 2023
काठमाडौं (हाम्रो खेलकुद )- कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तेस्रो संस्करण अर्को महिना आयोजना हुने भएको छ ।

जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ १८ देखि २० गतेसम्म कराते प्रतियोगिता हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिइयो।
गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा राष्ट्रिय टिमको प्रारम्भिक तयारीलाई समेत टेवा पुग्ने गरि प्रतियोगिता आयोजना हुन लागेको ललितपुर जिल्ला कराते महासंघका अध्यक्ष दयाराम महर्जनले जानकारी दिए ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र लगनखेल डोजोका अध्यक्ष एवम् प्रतियोगिता संयोजक दिपक श्रेष्ठले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे ।
ललितपुरको सातदोबाटोम कराते ऐकेडेमी हुने प्रतियोगितामा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५-८४, ८४ के.जी. माथी, काता र टिम काता -तथा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के. जी. माथि, काता र टिम कातामा प्रतिस्पर्धा हुने बताइएको छ ।
१७ तौल समूहमा प्रतिस्पर्धा हुने यस प्रतियोगितामा प्रत्यक टिमबाट २१ खेलाडी, दुई प्रशिक्षक र १ व्यवस्थापक सहित ७ वटै प्रदेशका टोली र ३ विभागीय टोलीका गरि २ सय ४० खेलाडी, प्रशिक्षक, व्यवस्थापक र ५० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र २० जना प्राविधिकहरु गरी ३ सय १० जनाको प्रत्यक्ष सहभागिता रहने जानकारी दिइयो ।
नेपाल कराते महासंघको बार्षिक क्यालेण्डरमा समावेश प्रतियोगिता आयोजना गर्न करिव ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिए छ ।

प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।
बागमती प्रदेशका सांसद तथा प्रतियोगिताका परिकल्पनाकार मिनकृष्ण महर्जनले प्रतियोगितामा प्रदेश खेलकुदबाट पनि सहयोग रहने विश्वास व्यक्त गरे ।
कराते महासंघका दावा गुरुङले लगनखेल डोजोले कराते खेलाडीका लागि उत्कृष्ट प्रतियोगिता आयोजना गर्दै आएकोमा धन्यवाद दिए ।
गोदावरी नगरपालिकाका मेयर महर्जनले नगरपालिकाले हरेक वर्ष नगरपालिकाले कृष्ण प्रसाद भट्टराईको स्मृति कराते र वीर गणेशमान सिंह स्मृति किकबक्सिङ प्रतियोगितामा सहयोग गर्दै आएको स्मरण गरे ।
संयोजक श्रेष्ठले प्रतियोगितामा सहभागी खेलाडीको आवास, खानाको व्यवस्थापन आयोजकले गर्ने जानकारी दिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।