2 years ago
December 23, 2023
काठमाडौं (हाम्रो खेलकुद)- चापागाउँ कराते डोजोले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप टिम कातामा स्वर्ण पदक जितेकी रिना श्रेष्ठ नगद पुरस्कारसहित सम्मान गरेको छ ।

डोजोले उनलाई शनिबार सम्मान पत्रसहित २५ हजार रुपैयाँले सम्मान गरेको हो । दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता एवम् नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले रिमालाई सम्मान पत्र हस्तान्तरण गरेका थिए।
ललितपुर लेले निवासी रिना डोजोकी काता प्रशिक्षक समेत हुन। काठमाडौंमा मंसिर१६ र१७ गते भएको कराते च्याम्पियनसिपमा नेपाल २९ स्वर्ण पदकका साथ टिम च्याम्पियन बनेको थियो।

डोजोका मुख्य प्रशिक्षक बुद्धि बहादुर श्रेष्ठ र प्रशिक्षक मनोज आचार्यले डोजोका जुनियर खेलाडीको बेल्ट टेस्ट समेत गरेका थिए।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।