default_image

2 years ago

January 25, 2024

रोहित सेमिफाइनलमा

1263 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागलुङका रोहित कायेट दोश्रो गलाक राष्ट्रिय मुवाँथाइ प्रतियोगिताको पुरुष ६० केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार सोही स्पर्धामा काभ्रेका सुजित गुरुङ, काठमाडौंका अकेश केसी र मकवानपुरका गौतम थिङ पनि सेमिफाइनलमा पुग्न सफल भए ।

नेपाल राष्ट्रिय मुवाँथाइ संघ र अल फाइट सिस्टम अर्गनाइजेसनको संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५५ केजीको समूह ‘ए’ मा नुवाकोटका विजय राई, कास्कीका जसबहादुर गुरुङ, ललिपतुरका गोरक्ष खड्का र एनआरएनएका योगेन्द्र ग्याल्छो घलेले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा भइरहेको प्रतियोगिताको उक्त तौलसमूहको समूह ‘बी’ मा सर्लाहीका सविन वाइबा, काठमाडौंका मनीष राई, खोटाङका अनिल वज्राचार्य र एपीएफका निरज नगरकोटीले सेमिफाइनल यात्रा तय गरे ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने प्रतियोगितामा करिब १ सय खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.