2 years ago
January 26, 2024
काडमाडौं (हाम्रो खेलकुद) –तेक्वान्दो आइटीएफ र नेपाल मुआ थाईको केन्द्रीय सदस्य एवं खेलाडी तुलसी थापा मगर जनवरी २७ मा नेदरल्याण्डको हेल्मोण्ड शहरमा आयोजना हुन गइरहेको ‘दी ओपन डच च्याम्पियनसिप तथा सम्मेलन’ मा सहभागी हुने भएकी छिन् ।
नेपाल नेशनल मार्शल आर्टस गेम्स महासंघका केन्द्रीय कोषाध्यक्ष समेत रहेकी मगर विगत २० वर्षदेखि खेलकुदमा क्रियाशील छिन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भएर पदक जितेकी उनी मार्शल आर्टस गेम्सको वृद्धि विकासमा सक्रिय छिन् ।
पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति गीरिजा प्रसाद कोइरालाको स्मृतिमा स्थापित जीपी कोइराला फाउण्डेशनको युवा तथा खेलकुद विभागकी प्रमुखसमेत रहेकी मगरले फाउण्डेशन मार्फत पनि खेलकुद गतिविधि अघि बढाउँदै आएकी छिन् ।
राष्ट्रिय खेलकुद परिषद्ले आज उनलाई एक कार्यक्रमका बीच सम्मेलनमा सहभागी हुनका लागि बिदाई गरेको थियो । परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलाडी मगरलाई बिदाई गर्दै मार्शल आर्टस गेम्सको वृद्धि विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनको प्रशंसा गरेका थिए ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]