2 years ago
January 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तेस्रो संस्करणको तयारी पूरा भएको आयोजक जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेल जानकारी दिएको छ ।
गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा प्रतियोगिता माघ १८ देखि २० गतेसम्म सातदोबाटोस्थित कराते हलमा हुनेछ । प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के. जी. माथि, काता र टिम कातामा तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ के.जी. माथी, काता र टिम काता तथा प्रतिस्पर्धा हुने बताइएको छ ।
१७ तौल समूहमा प्रतिस्पर्धा हुने यस प्रतियोगितामा प्रत्यक टिमबाट २१ खेलाडी, दुई प्रशिक्षक र १ व्यवस्थापक सहित ७ वटै प्रदेशका टोली र ३ विभागीय टोलीका गरि २ सय ४० खेलाडी, प्रशिक्षक, व्यवस्थापक र ५० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र २० जना प्राविधिकहरु गरी ३ सय १० जनाको प्रत्यक्ष सहभागिता रहने प्रतियोगिताका संयोजक दीपक श्रेष्ठले जनाएका छन् ।
नेपाल कराते महासंघको बार्षिक क्यालेण्डरमा समावेश प्रतियोगिता आयोजना गर्न करिव ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]