9 months ago
February 2, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबकी रोजिता ढुंगेलले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन्।
सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको कुमुते महिला ६८ केजी मुनीको तौल समूहको फाइनलमा कोशीकी योमसम राईलाई ६-४ ले हराउँदै रोजिताले पहिलो स्थान प्राप्त गरेकी हुन् । प्रतियोगितामा पुलिसको त्यो सातौं स्वर्ण पदक हो ।
लुम्बिनीकी रक्षा शाही ठकुरी र बागमतीकी आशिका राईले कास्य पदक प्राप्त गरेकी छिन्। सेमिफाइनलमा रोजिताले आशिका र योमसमले रक्षालाई हराएकी थिइन् ।
त्यसअघि पुलिसका एलोन श्रेष्ठले कुमुते पुरुष ५५ केजी तौल समूहमा मधेश प्रदेशका रितिक लामालाई फुल स्कोर १०-२ मा पराजित गर्दै स्वर्ण पदक जितेका थिए । प्रतियोगितामा पुलिसको त्यो छैटौं स्वर्ण पदक हो ।
सो तौल समूहमा लुम्बिनी प्रदेशका राहुल चौधरी र त्रिभुवन आर्मी क्लबका रमेश बोलुनले कास्य पदक प्राप्त गरेका छन्। यसअघि सेमिफाइनलमा एलोनले राहुल र रितिकले रमेशलाई हराएका थिए।
त्यसअघि बागमती प्रदेशका लागि पुष्पाका लामाले पहिलो स्वर्ण पदक दिलाएकी थिइन् । फाइनलमा एपिएफकी निमा तामाङलाई ७-५ ले हराउँदै पुष्पकाले पहिलो स्थान हासिल गरेकी थिइन् । पुलिसकी जिया कार्की र आर्मीकी सुनिता सुनारले कास्य पदक प्राप्त गरेका थिए ।
पहिलो दिन पुलिसले कातामा ४ र कुमुतेमा १ गरि ५ वटा स्वर्ण पदक जितेको थियो। जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ २० गतेसम्म चल्ने प्रतियोगितालाई गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।
प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के. जी. माथि, एकल काता र टिम कातामा तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ के.जी. माथी, एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
करातेको राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका रूपमा रहेको प्रतियोगितामा ७ वटै प्रदेशका र ३ विभागीय टोलीका गरि २ सय ४० ले भाग लिएका छन्।
प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।
तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पदक
दोस्रो दिन
कुमुते ६८ केजी मुनी
रोजिता ढुंगेल (पुलिस) – स्वर्ण
योमसम राई (कोशी) – रजत
रक्षा शाही ठकुरी (लुम्बिनी)- कास्य
आशिका राई (बागमती)- कास्य
कुमुते, पुरुष ५५ केजी
एलोन श्रेष्ठ (पुलिस)- स्वर्ण
रितिक लामा (मधेश) – रजत
राहुल चौधरी (लुम्बिनी)- कास्य
रमेश बोलुन (आर्मी)- कास्य
कुमुते, महिला ५५ केजी
पुष्पका लामा (बागमती)- स्वर्ण
निमा तामाङ (एपिएफ)- रजत
जिया कार्की (पुलिस) – कास्य
सुनिता सुनार (आर्मी)- आर्मी
पहिलो दिन
कुमुते, महिला ४५ केजी
वर्षा बुढामगर पुलिस – स्वर्ण
दीपा लामा (एपिएफ) – रजत
स्मृति चौधरी (कोशी)- कास्य
प्रोशिया चौधरी (मधेश )-कास्य
टिम काता (महिला)
एलिसा रास्कोटी मगर, तप्पी थापा मगर, मेघा लिम्बु (पुलिस) – स्वर्ण
रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङ (आर्मी)- रजत
सोनम शेर्पा, रिनिशा रिमाल, वन्दना तामाङ (एपिएफ )- कास्य
सन्जु देशार, सृजना मल्होत्रा, नानु शाक्य (बागमती) – कास्य
टिम काता (पुरुष)
स्वर्णिम मानन्धर,फुर्तेन तामाङ र जगत सिंह धानुक (पुलिस) – स्वर्ण
विनय लिम्बु, निकेश मानन्धर, दिनेश अमात्य (आर्मी)- रजत
अनिल चौधरी, मनिष शंकर, खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
राजकुमार श्रेष्ठ, अमृत थोकर, प्रनिल मानन्धर (बागमती) – कास्य
एकल कातामा (महिला)
एलिसा रासकोटी मगर (पुलिस)- स्वर्ण
मिरा खत्री (एपिएफ)- रजत
सन्जु देशार (बागमती) – कास्य
सानुमाया थिङ (आर्मी )- कास्य
एकल काता (पुरुष)
स्वर्णिम मानन्धर (पुलिस)- स्वर्ण
विनय लिम्बु (आर्मी)- रजत
अन्जन यसमाली मगर (बागमती)- कास्य
खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
October 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय कराते टोलीका प्रशिक्षक मण्डेकाजी श्रेष्ठ ‘स्पोर्टस् पर्सनालिटी अफ दि इयर’बाट सम्मानित भएका छन् । राजधानीमा आइतवार आयोजित ‘एचिभर्स अवार्ड २०२४’ कार्यक्रममा खेलकुदतर्फ मण्डेकाजी सम्मानित भएका हुन् । सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा भएको अवार्डमा १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता खेलाडी मण्डेकाजीलाई सम्मान गरेको हो […]
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- स्टार कराते खेलाडी एरिका गुरूङले इटलीमा हुने वल्ड कराते च्याम्पियनसिप क्याडेट जुनियर यु-२१ मा प्रतिस्पर्धा गर्ने भएकी छिन् । उनलाई आज राष्ट्रिय खेलकुद परिषद ( राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरे। पछिल्लो एकवर्षको खेल यात्रा एरिकाको लोभलाग्दो छ। खेलेको सबै अन्तराष्ट्रिय प्रतियोगितामा पदक जितेकी छिन्। १९औं एसियाली खेलकुदमा रजत पदक […]
September 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बन्दी सहायता नियोग (पाम) ले निर्माण गरेको पाम क्म्युनिटी एन्ड स्पोर्ट्स सेन्टरको शनिबार उद्घाटन गरिएको छ । नागर्जुन नगरपालिका वडा १ का अध्यक्ष रामेश्वर लामा र पामका अध्यक्ष डा. नारायणकाजी श्रेष्ठले सेन्टरको संयुक्त रुपमा उद्घाटन गरे । नागर्जुन १ स्थित विजुलीचोक, एकलटारमा नवनिर्मित सेन्टरमा जुडो हल, जिम हल, पुस्तकालय, अध्ययन कक्ष, चेन्जिङ […]