default_image

2 years ago

February 2, 2024

साइमनको सफलतामा बागमतीलाई दोस्रो स्वर्ण

1137 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- बागमती प्रदेशले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा दोस्रो स्वर्ण पदक जितेको छ।

साइमन श्रेष्ठले कुमुते पुरुष ५० केजीमा बागमतीलाई‌ स्वर्ण पदक दिलाएका हुन्। सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको‌ दोस्रो दिन शुक्रबार भएको फाइनलमा साइमनले नेपाल पुलिस क्लबका साजन मोक्तानलाई ५-० ले हराउँदै पहिलो स्थान प्राप्त गरेका हुन् ।

एपिएफका निशान गोले र सुदूरपश्चिमका आनन्द कामीले कास्य पदक प्राप्त गरे । सेमिफाइनलमा साइमनले आनन्द र साजनले निशालाई पराजित गरेका थिए।

त्यसअघि आजै बागमती प्रदेशका‌ लागि  पुष्पाका लामाले  पहिलो स्वर्ण पदक दिलाएकी थिइन् ।

आज कुमुते पुरुष ६० केजी तौल समूहमा मिनबहादुर तामाङले एपिएफलाई पहिलो स्वर्ण पदक दिलाएका थिए। फाइनलमा मिनले लुम्बिनी प्रदेशका सुनिल‌ समाललाई ४-१ ले हराउँदै पहिलो भएका थिए।
पुलिसका अंकित गुरुङ र सुदूरपश्चिम प्रदेशका अर्जुन थापाले कास्य पदक प्राप्त गरे। त्यसअघि सेमिफाइनलमा मिनले अंकित र सुनिलले अर्जुनलाई‌ हराएका‌ थिए।

त्यसअघि  पुलिसकी रोजिता ढुंगेलले कुमुते महिला ६८ केजी मुनीको तौल समूहको फाइनलमा कोशीकी योमसम राईलाई ६-४ ले हराउँदै स्वर्ण पदक जितेकी थिइन्। प्रतियोगितामा पुलिसको त्यो सातौं स्वर्ण पदक हो ।

लुम्बिनीकी रक्षा शाही ठकुरी र बागमतीकी आशिका राईले कास्य पदक प्राप्त गरे । सेमिफाइनलमा रोजिताले आशिका र योमसमले रक्षालाई हराएकी थिइन् ।

त्यसअघि पुलिसका‌ एलोन श्रेष्ठले कुमुते पुरुष  ५५ केजी तौल समूहमा मधेश प्रदेशका रितिक लामालाई फुल स्कोर १०-२ मा पराजित गर्दै स्वर्ण पदक जितेका थिए । प्रतियोगितामा पुलिसको‌ त्यो छैटौं स्वर्ण पदक हो ।

सो तौल समूहमा लुम्बिनी प्रदेशका राहुल चौधरी र त्रिभुवन आर्मी क्लबका रमेश बोलुनले कास्य पदक प्राप्त गरेका छन्। त्यसअघि सेमिफाइनलमा एलोनले राहुल र रितिकले रमेशलाई हराएका थिए।

त्यसअघि बागमती प्रदेशका‌ लागि  पुष्पाका लामाले  पहिलो स्वर्ण पदक दिलाएकी थिइन् । महिला ५५ केजीको फाइनलमा एपिएफकी निमा तामाङलाई ७-५ ले हराउँदै पुष्पकाले पहिलो स्थान हासिल गरेकी थिइन् ।
पुलिसकी जिया कार्की र आर्मीकी सुनिता सुनारले कास्य पदक प्राप्त गरेका थिए ।

पहिलो दिन पुलिसले काता (एकल र टिम) मा ४ र कुमुतेमा १ गरि ५ वटा स्वर्ण पदक जितेको थियो।
जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ २० गतेसम्म चल्ने प्रतियोगितालाई 
गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।

प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के. जी. माथि, एकल काता र टिम कातामा तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ के.जी. माथी, एकल काता र टिम कातामा गरि १७ इभेन्टमा प्रतिस्पर्धा हुनेछ।

करातेको‌ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका‌ रूपमा रहेको‌ प्रतियोगितामा ७ वटै प्रदेशका  र ३ विभागीय टोलीका गरि २ सय ४० ले भाग लिएका छन्।

प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।

तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको‌ पदक

दोस्रो दिन

कुमुते, पुरुष ५० केजी
साइमन श्रेष्ठ (बागमती) – स्वर्ण
साजन मोक्तान (पुलिस) – रजत
निशान गोले (एपिएफ)- कास्य
आनन्द कामी (सुदूरपश्चिम)- कास्य

कुमुते, पुरुष ६० केजी
मिनबहादुर तामाङ (एपिएफ)- स्वर्ण
सुनिल समाल (लुम्बिनी)- रजत
अंकित गुरुङ (पुलिस) – कास्य
अर्जुन थापा ( सुदूरपश्चिम)- कास्य

कुमुते, महिला ६८ केजी मुनी

रोजिता ढुंगेल (पुलिस) – स्वर्ण
योमसम राई (कोशी) – रजत
रक्षा शाही ठकुरी (लुम्बिनी)- कास्य
आशिका राई (बागमती)- कास्य

कुमुते, पुरुष ५५ केजी
एलोन श्रेष्ठ (पुलिस)- स्वर्ण
रितिक लामा (मधेश) – रजत
राहुल चौधरी (लुम्बिनी)- कास्य
रमेश बोलुन (आर्मी)- कास्य

कुमुते, महिला ५५ केजी
पुष्पका लामा (बागमती)- स्वर्ण
निमा तामाङ (एपिएफ)- रजत
जिया कार्की (पुलिस) – कास्य
सुनिता सुनार (आर्मी)- आर्मी

पहिलो दिन
कुमुते, महिला ४५ केजी
वर्षा बुढामगर पुलिस – स्वर्ण
दीपा लामा (एपिएफ) – रजत
स्मृति चौधरी (कोशी)- कास्य
प्रोशिया चौधरी (मधेश )-कास्य

टिम काता (महिला)
एलिसा रास्कोटी मगर, तप्पी थापा मगर, मेघा लिम्बु (पुलिस) – स्वर्ण
रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङ (आर्मी)- रजत
सोनम शेर्पा, रिनिशा रिमाल, वन्दना तामाङ (एपिएफ )- कास्य
सन्जु देशार, सृजना मल्होत्रा, नानु शाक्य (बागमती) – कास्य

टिम काता (पुरुष)
स्वर्णिम मानन्धर,फुर्तेन तामाङ र जगत सिंह धानुक (पुलिस) –  स्वर्ण
विनय लिम्बु, निकेश मानन्धर, दिनेश अमात्य (आर्मी)- रजत
अनिल चौधरी, मनिष शंकर, खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
राजकुमार श्रेष्ठ, अमृत थोकर, प्रनिल मानन्धर (बागमती) – कास्य

एकल कातामा (महिला)
एलिसा रासकोटी मगर (पुलिस)- स्वर्ण
मिरा खत्री (एपिएफ)- रजत
सन्जु देशार (बागमती) – कास्य
सानुमाया थिङ (आर्मी )- कास्य

एकल काता (पुरुष)
स्वर्णिम‌ मानन्धर (पुलिस)- स्वर्ण
विनय लिम्बु (आर्मी)- रजत
अन्जन यसमाली मगर (बागमती)- कास्य
खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.