default_image

2 years ago

February 2, 2024

रमिताको जित, एपिएफलाई दोस्रो स्वर्ण

861 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- एपिएफले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा दोस्रो स्वर्ण पदक जितेको छ।

एपिएफलाई‌ दोस्रो स्वर्ण पदक रमिता माझीले दिलाएकी हुन् । सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको‌ दोस्रो दिन शुक्रबार नेपाल पुलिस क्लबकी निरुपा दोङलाई ६-१ ले हराउँदै रमिता पहिलो भएकी हुन्।

सो समूहमा कोशीकी विनिता पोखरेल र सुदूरपश्चिमकी पुष्पा मदईले कास्य पदक प्राप्त गरे। सेमिफाइनलमा रमिताले पुष्पालाई र निरुपाले विनितालाई हराएकी थिइन्।

आज पुलिसका लागि सन्तोष श्रेष्ठले कुमुते ६७ केजीमा स्वर्ण पदक जितेका थिए । फाइनलमा त्रिभुवन आर्मी क्लबका‌ किरण पुनलाई ३-१ ले हराउँदै १९ औं एसियाली खेलकुदमा भाग लिएका सन्तोषले पहिलो स्थान हासिल गरेका थिए।

सो तौल समूहमा कोशीका पर्वत बस्नेत र सुदूरपश्चिमका सन्देश पार्कीले कास्य पदक प्राप्त गरे। सेमिफाइनलमा सन्तोषले पर्वत र किरणले सन्देशलाई पराजित गरेका थिए।

प्रतियोगितामा पुलिसले ८, बागमतीले र एपिएफले समान २ स्वर्ण पदक जितेको छ । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा ७ टोलीले अहिलेसम्म स्वर्ण पदक जित्न सकेका छैनन् । १७ मध्ये १२ वटा इभेन्ट्सको पदकको टुंगो लागिसकेको छ।

त्यसअघि साइमन श्रेष्ठले कुमुते पुरुष ५० केजीमा बागमती प्रदेशका लागि स्वर्ण पदक दिलाएका थिए।
साइमनले पुलिसका साजन मोक्तानलाई ५-० ले हराउँदै पहिलो स्थान प्राप्त गरेका हुन् । एपिएफका निशान गोले र सुदूरपश्चिमका आनन्द कामीले कास्य पदक प्राप्त गरे । सेमिफाइनलमा साइमनले आनन्द र साजनले निशालाई पराजित गरेका थिए।

आज कुमुते पुरुष ६० केजी तौल समूहमा मिनबहादुर तामाङले एपिएफलाई पहिलो स्वर्ण पदक दिलाएका थिए। फाइनलमा मिनले लुम्बिनी प्रदेशका सुनिल‌ समाललाई ४-१ ले हराउँदै पहिलो भएका थिए।

पुलिसका अंकित गुरुङ र सुदूरपश्चिम प्रदेशका अर्जुन थापाले कास्य पदक प्राप्त गरे। त्यसअघि सेमिफाइनलमा मिनले अंकित र सुनिलले अर्जुनलाई‌ हराएका‌ थिए।
त्यसअघि  पुलिसकी रोजिता ढुंगेलले कुमुते महिला ६८ केजी मुनीको तौल समूहको फाइनलमा कोशीकी योमसम राईलाई ६-४ ले हराउँदै स्वर्ण पदक जितेकी थिइन्। प्रतियोगितामा पुलिसको त्यो सातौं स्वर्ण पदक हो ।

लुम्बिनीकी रक्षा शाही ठकुरी र बागमतीकी आशिका राईले कास्य पदक प्राप्त गरे । सेमिफाइनलमा रोजिताले आशिका र योमसमले रक्षालाई हराएकी थिइन् ।

त्यसअघि पुलिसका‌ एलोन श्रेष्ठले कुमुते पुरुष  ५५ केजी तौल समूहमा मधेश प्रदेशका रितिक लामालाई फुल स्कोर १०-२ मा पराजित गर्दै स्वर्ण पदक जितेका थिए ।प्रतियोगितामा पुलिसको‌ त्यो छैटौं स्वर्ण पदक हो ।

सो तौल समूहमा लुम्बिनी प्रदेशका राहुल चौधरी र आर्मीका रमेश बोलुनले कास्य पदक प्राप्त गरेका छन्। त्यसअघि सेमिफाइनलमा एलोनले राहुल र रितिकले रमेशलाई हराएका थिए।

त्यसअघि बागमती प्रदेशका‌ लागि  पुष्पाका लामाले  पहिलो स्वर्ण पदक दिलाएकी थिइन् । महिला ५५ केजीको फाइनलमा एपिएफकी निमा तामाङलाई ७-५ ले हराउँदै पुष्पकाले पहिलो स्थान हासिल गरेकी थिइन् ।
पुलिसकी जिया कार्की र आर्मीकी सुनिता सुनारले कास्य पदक प्राप्त गरेका थिए ।

पहिलो दिन पुलिसले काता (एकल र टिम) मा ४ र कुमुतेमा १ गरि ५ वटा स्वर्ण पदक जितेको थियो।
जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ २० गतेसम्म चल्ने प्रतियोगितालाई 
गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।

प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के. जी. माथि, एकल काता र टिम कातामा तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ के.जी. माथी, एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
करातेको‌ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका‌ रूपमा रहेको‌ प्रतियोगितामा ७ वटै प्रदेशका  र ३ विभागीय टोलीका गरि २ सय ४० ले भाग लिएका छन्।

प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।

तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको‌ पदक

दोस्रो दिन

कुमुते, महिला ६१ केजी
रमिता माझी (एपिएफ) – स्वर्ण
निरुपा दोङ (पुलिस)- रजत
विनिता पोखरेल (कोशी)- कास्य
पुष्पा मदई (सुदूरपश्चिम)- कास्य

कुमुते, पुरुष ६७ केजी
सन्तोष श्रेष्ठ (पुलिस) – स्वर्ण
किरण पुन (आर्मी) – रजत
पर्वत बस्नेत (कोशी)- कास्य
सन्देश पार्की (सुदुरपश्चिम)- कास्य

कुमुते, पुरुष ५० केजी
साइमन श्रेष्ठ (बागमती) – स्वर्ण
साजन मोक्तान (पुलिस) – रजत
निशान गोले (एपिएफ)- कास्य
आनन्द कामी (सुदूरपश्चिम)- कास्य

कुमुते, पुरुष ६० केजी
मिनबहादुर तामाङ (एपिएफ)- स्वर्ण
सुनिल समाल (लुम्बिनी)- रजत
अंकित गुरुङ (पुलिस) – कास्य
अर्जुन थापा ( सुदूरपश्चिम)- कास्य

कुमुते, महिला ६८ केजी मुनी

रोजिता ढुंगेल (पुलिस) – स्वर्ण
योमसम राई (कोशी) – रजत
रक्षा शाही ठकुरी (लुम्बिनी)- कास्य
आशिका राई (बागमती)- कास्य

कुमुते, पुरुष ५५ केजी
एलोन श्रेष्ठ (पुलिस)- स्वर्ण
रितिक लामा (मधेश) – रजत
राहुल चौधरी (लुम्बिनी)- कास्य
रमेश बोलुन (आर्मी)- कास्य

कुमुते, महिला ५५ केजी
पुष्पका लामा (बागमती)- स्वर्ण
निमा तामाङ (एपिएफ)- रजत
जिया कार्की (पुलिस) – कास्य
सुनिता सुनार (आर्मी)- आर्मी

पहिलो दिन
कुमुते, महिला ४५ केजी
वर्षा बुढामगर पुलिस – स्वर्ण
दीपा लामा (एपिएफ) – रजत
स्मृति चौधरी (कोशी)- कास्य
प्रोशिया चौधरी (मधेश )-कास्य

टिम काता (महिला)
एलिसा रास्कोटी मगर, तप्पी थापा मगर, मेघा लिम्बु (पुलिस) – स्वर्ण
रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङ (आर्मी)- रजत
सोनम शेर्पा, रिनिशा रिमाल, वन्दना तामाङ (एपिएफ )- कास्य
सन्जु देशार, सृजना मल्होत्रा, नानु शाक्य (बागमती) – कास्य

टिम काता (पुरुष)
स्वर्णिम मानन्धर,फुर्तेन तामाङ र जगत सिंह धानुक (पुलिस) –  स्वर्ण
विनय लिम्बु, निकेश मानन्धर, दिनेश अमात्य (आर्मी)- रजत
अनिल चौधरी, मनिष शंकर, खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
राजकुमार श्रेष्ठ, अमृत थोकर, प्रनिल मानन्धर (बागमती) – कास्य

एकल कातामा (महिला)
एलिसा रासकोटी मगर (पुलिस)- स्वर्ण
मिरा खत्री (एपिएफ)- रजत
सन्जु देशार (बागमती) – कास्य
सानुमाया थिङ (आर्मी )- कास्य

एकल काता (पुरुष)
स्वर्णिम‌ मानन्धर (पुलिस)- स्वर्ण
विनय लिम्बु (आर्मी)- रजत
अन्जन यसमाली मगर (बागमती)- कास्य
खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.