2 years ago
February 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)– च्याम्पियन्स मार्सल आर्टसले १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता पुनम श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ ।
उपचार गराइरहेकी पुनमलाई च्याम्पियन्स आर्टसकातर्फबाट निर्देशक सुशिला लामाले ५० हजार रुपैयाँ हस्तान्तरण गरेकी थिइन् ।
मार्सल आर्ट खेलको विकासका लागि सागका स्वर्ण पदक विजेता सुनिल लामासहित तेक्वान्दो खेलाडी पुष्प थापामगर, जुडो खेलाडी सरोज महर्जन, तेक्वान्दो खेलाडी सुजन जोशी र उसु खेलाडी राजु महर्जनले च्याम्पियन्स मार्सलको स्थापना गर्दै खेलाडीलाई प्रशिक्षण दिन सुरु गरिएको थियो ।

असहज पस्थितिमा रहेका खेलाडीलाई सहयोग गर्ने च्याम्प्यिनस मार्सल आर्टसको उद्देश्य अनुरुप पुनमलाई सहयोग गर्न पाउँदै खुसी लागेको निर्देशक लामाले बताएकी छिन् ।
November 17, 2025
ललितपुर (हाम्रो खेलकुद)- धापाखेलस्थित जेम्स स्कुलमा रोटाकिड्स नेपालले रोटरी ई क्लब अफ डिस्ट्रिक्ट ३२९२, नेपाल र थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको सहकार्यमा ‘सेल्फ–डिफेन्स कार्यशाला २०२५’ आयोजना गरेको छ। ८ देखि १४ वर्ष उमेरका करिब ५० बालबालिकालाई लक्षित कार्यशालामा व्यक्तिगत सुरक्षा, स्थितिजन्य सजगता र आधारभूत आत्म–रक्षा सीप सिकाइयो। बालबालिकाको आत्मविश्वास, सजगता र सुरक्षाबोध बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालकी कराते स्टार खेलाडी एरिका गुरुङले विश्व कराते च्याम्पियनसिप खेल्ने भएकी छिन्। एसियाली खेलकुद र एसियन च्याम्पियनसिपकी एक मात्र रजत पदक विजेता नेपाली एरिकाले युनिभर्सालिटी कोटा मार्फत च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने नेपाल कराते महासंघले जनाएको छ। एरिकाको सहभागिताका लागि युनिभर्सालिटी कोटा मार्फत अवसर मिलेको विश्व कराते महासंघले पठाएको पत्रमा उल्लेख छ। एरिकाले […]